प्रिया स्मृती गजमेर, लमही
५-साउन/ दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले देउखुरीका विभिन्न स्थानमा पुगेर अनुगमन गरेका छन् । देउखुरीको लमही अस्पताल, राप्ती नदिको महदेवा–सिसहनीयाँ पुल, राप्ती प्राविधिक शिक्षालयमा पुगेर स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन् । जिल्लामा कोभिड विरुद्धको भेरोसिल खोप चलिरहेको छ । कतिपय क्षेत्रमा सबैलाई खोप उपलब्ध हुनु पर्छ भनेर गुनासो आइरहेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुशार खोप लगाइ दिन र लगाउन सबैमा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए ।


                                                                         बिज्ञापन
   



त्यस्तै केही दिन अघि खहरे खोलामा आएको बाढीले महदेवा–सिसहनीयाँ राप्ती नदिको पुलको एप्रोचमा क्षति पुगेको थियो । क्षति भएकै दिन प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले मर्मतका लागि नेपालगन्ज पुल बिभागलाई अनुरोध गरेका थिए । अहिले उक्त क्षति भएको पुलको मर्मत कार्य तिब्र रुपमा भैरहेको छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय तुरुन्तै ब्यवस्थापन गर्नु पर्ने भएको भन्दै भौतिक पुर्वाधारको अवस्था के छ भनेर निरीक्षण गरेका हुन । उनका अनुशार आन्तरिक मन्त्रालय अस्थायी राजधानी बुटवलबाट स्थायीमा छिट्टै सार्नु पर्ने भन्ने निर्देशन भएकोले दौडधुप भएको बताए । निरिक्षण तथा अनुगमनमा ४१ नम्बर गण अर्जुन खोलाका एसपी यादव विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

प्रतिकृया