सल्यान,
६-साउन/ सल्यानमा दाइले भाइको हत्या गरेका छन् । मंगलवार राती घरायसी झगडा हुँदा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ निवासी १४ वर्षीय कपिल परियारले भाइ १३ वर्षीय सन्दिप परियारलाइ जुत्ता सिलाउने सियोले बायाँ कानमुनी प्रहार गरेका थिए ।


                                                                         बिज्ञापन
   



घाइते सन्दिपको उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिए । सन्दिपको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्ज मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक सन्दिप र सियो प्रहार गर्ने कपिल भैरबी आधारभुत विद्यालयमा कक्षा ६ मा अध्यनरत थिए । दुई दाजु भाइका छोराबीच खेल्दाखेल्दै कुनै विषयमा विवाद भएपछि घटना भएको बुझिएको र आरोपित बालकलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए ।

प्रतिकृया

प्रतिकृया