साउन,
६-साउन/ सल्यानमा टिप्परको टायर फेर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कालिमाटी गाउापालिका वडा नं. २ सिमलकुनाका १९ बर्षीय ज्ञान बहादुर वली रहेका छन् ।


                                                                         बिज्ञापन
   



कालिमाटी गाउँपालिका ३ रामपुरमा रोकी राखेको टिप्परको टायर फेर्ने क्रममा गाडीमा लगाएको जग भाँसिदा सहचालक वलीको घटना स्थलमै मृ’त्यु भएको हो । उनी कालिमाटीमा सडकको काम गर्ने कालिका कन्ट्रक्सनको ना १ क ४६२५ नम्बरको टिप्परको टायर फेर्दा दुर्घटना भएको प्रहरीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको सल्यान प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया