दाङ,
६ साउन/ दाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका१४ का ४२ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा ति पुरुषको मंगलबार राति मृत्यु भएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । उनलाई असार २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


                                                                         बिज्ञापन
   



यो सँगै बैशाख यता दाङमा २ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बैशाख यता दाङमा ८ हजार ३ सय १२ जनामा कोरोना पुष्टि भएको छ भने ८ हजार ४ जना निको भएका छन् ।

प्रतिकृया

प्रतिकृया