प्रिया स्मृती गजमेर, लमही
७-साउन/ लमही–गढवा सडकखण्ड अन्तर्गत रहेको बयलडाँडा र कोलही गाउँ जोड्ने बगै सोतामा रहेको स्ल्याब कल्भर्ट भाँचिएको छ । बुधवार अपरान्ह गढवादेखि लमहीतर्फ आइरहेको मालबाहक टिप्परले पुल क्रस गरे लगत्तै सल्याब कल्भर्ट भाँचिएको हो । कोलहीका शिवकुमार शर्माका अनुसार कति सालमा बनेको हो, भन्ने कुराको एकीन छैन । तर, कल्भर्ट पुरानो भएको र क्षमताभन्दा बढीका लोड भएका गाडी आवतजावत गर्दा भाँचिएको हो ।


                                                                         बिज्ञापन
   



तत्कालिन अवस्थामा प्रगन्ना कुलो सिंचाई आयोजनाले बगै सोतामा स्ल्याब कल्भर्ट निर्माण गरेको थियो । ‘त्यति बेला बनेको स्ल्याब कल्भर्ट सानो र साँघुरो बन्यो, त्यो समयमा स्ल्याब कल्भर्ट बन्नु पनि निकै उपलब्धि मानियो’, लमही ५ का अध्यक्ष बिमबहादुर केसीले भने ‘दैनिक हजारौं सवारी कुद्लान भन्ने कल्पना नै गरिएन तर अहिले यहि सानो र कमजोर हुँदै गएको कल्भर्ट माथि क्षमताभन्दा बढी लोड भएका टिप्पर गुड्न थाले ।

धेरै वर्षअघि बनेको सल्याब कल्भर्ट पुरानो र कमजोर पनि भयो त्यसैमाथि दैनिक सैयौं टिप्पर ओहोरदोहोर गर्दा झनै भार पर्यो र भाँचिन पुग्यो ।’ कोलहीका स्थानीय तिलक केसीका अनुसार लमही–कोइलाबास हुलाकी राजमार्गले त्यस ठाउँमा ठूलो र फराकिलो पुल बनाउँछ कि भन्ने लागेको थियो तर बजार क्षेत्रमा सडक फराकिलो बनाउने बिषयमा विवाद हुँदा कामबीचमै रोकिएको थियो । लमही गढवा सडक खण्ड अन्तर्गत रहेको बयलडाँडा र कोलही गाउँ जोड्ने बगै सोतामा रहेको स्ल्याब कल्भर्ट भाँचिएपछि सवारी साधन वनगाउँ भएर जान बाध्य भएको लमही ५ का वडा सदस्य जगनारायण चौधरीले बताए ।

स्ल्याब कल्भर्ट भाँचिएसंगै मर्मतका लागि हुलाकी सडक आयोजना कार्यालय नेपालगंजका प्रमुखलाई आग्रह गरेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । कल्भर्टमा अलि बढी क्षति भएका कारण मर्मत कार्यमा केहि दिन लाग्ने उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया