दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

घोराही
८-साउन/ घोराही उपमहानगरपालिकाले वितेको आर्थिक बर्षमा करिब ८० प्रतिशत रकम खर्च गरेको छ । उपमहानगरपालिकाले शुक्रबार बार्षिक समिक्षा कार्यक्रम गर्दै तथ्यांक एवं सूचना अधिकारी भीमबहादुर चौधरीले चालू र पूँजीगत बजेटको ७९ दशमल ५४ प्रतिशत बजेट खर्च भएको जानकारी दिए ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



चालू तर्फको १ अर्ब २१ करोड ४१ लाख १४ हजार रुपैयाँ मध्य ८८ दशमलब ३७ प्रतिशत अर्थात १ अर्ब ७ करोड २९ लाख ३ हजार रुपैयाँ खर्च भएको छ । त्यसैगरी, पूँजीगत तर्फ १ अर्ब ५ करोड ४८ लाख ३५ हजार रुपैयाँ मध्य ६९ दशमलब ४ अर्थात ७३ करोड २० लाख २९ हजार रुपैयाँ खर्च भएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।

कूल २ अर्ब २६ करोड ८९ लाख ५० हजार रुपैयाँ मध्य १ अर्ब ८० करोड ४९ लाख ३३ हजार रुपैयाँ खर्च भएको छ । एक बर्षमा नगरले ३५ दशमलब ४८ किलोमिटर कालोपत्रे, ४१ किलो मिटर ग्राभेल, ३३ किलोमिटर नयाँ ट्रयाक खोलिएको, ६ किलोमिटर मर्मत, १८ वटा कल्भर्ट निर्माण गरेको छ ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

त्यसैगरी, ४ वटा पार्क निर्माण, ९ सय ८० घरमा खानेपानी धारा जडान, १५ वटा कुवा निर्माण, ४ वटा डिप बोरीङ र १८ किलो मिटर नाला निर्माण गरिएको उपमहानगरले जनाएको छ । साथै नयाँ विद्यालय भवन १० वटा, पुराना विद्यालयमा ८ वटा भवन, तीनवटा स्वास्थ्य चौकी र यात्रु प्रतिक्षालय ३ वटा निर्माण भएको सूचना अधिकारी चौधरीले जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख सीता सिग्देल न्यौपानेले कार्य सम्पादनमा थप मेहनत गर्नपर्ने देखिएको बताइन् । नागरिकहरुलाई सेवा सुविधा सँग सहज रुपमा जोड्नका लागि अझै मेहनत गर्नु पर्ने देखिएको बताइन् ।

त्यसैगरी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले नगरसभाबाट पास भएका कार्यक्रमलाई सतप्रतिशत पुरा गर्ने तर्फ अझै ध्यान दिने गरी काम गर्नुपर्नेमा जोड दिए । दिगो र गुणस्तरीय कामका लागि शाखा महाशाखा एवं वडा कार्यालयको समन्वयकारी भूमिकाबाट नै सफल हुने उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना