दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

तुलसीपुर,
१४-साउन/ तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधी आएको चार बर्षमा भएका नमूना कामको संगालो (समृद्ध तुलसीपुर) नामक पुस्तक विमोचन गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि उपमहानगरपालिकाले जनप्रतिनीधि आएको चार बर्ष पुरा भएको अवसरमा तुलसीपुर उपमहानगर भएका कामको संगालो (समृद्ध तुलसीपुर) नामक पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार, राजनितिक दलका प्रतिनिधी, अधिकारकर्मी, नजप्रतिनीधी, समाजसेवी लगायतको उपस्थिती थियो । पुस्तकमा चारबर्षको अवधिमा तुलसीपुर उपमहानगरपालिकामा भएका शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, उद्यम प्रर्वधन , संस्कृति, पर्यटन, खेलकुद, सिचाई लगायतका विभिन्न क्षेत्रमा भएका विकास निर्माणका नमूना कामहरु समेटिएको छ । पुस्तकको समिक्षा अधिकारकर्मी शुष्मा गिरी र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले गरेका थिए ।

कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी मेयर घनश्याम पाण्डेले राजनितीक, जातजाति, भाषभासीको आग्रह पुर्वाग्रह नराखि समग्र समावेसी लोकतन्त्रको हिसावले काम गर्ने प्रयत्न गरेको बताए । आफु २०५४ सालमा तुलसीपुरमा उपमेयरको रुपमा निर्वाचित हुँदा नेपालको कुनै पनि पालिकामा वडातहमा वजेट विनियोजन गर्ने व्यवस्था नभएको बेलामा तुलसीपुरमा पहिलो पटक वडातहमा एक वडा एक लाख वजेट विनियोजन गर्ने व्यवस्था गरेको बताउदै अहिले तुलसीपुर उपमहानगरपालिकाले हरेक वडामा एक करोड ७५ लाख वजेट बिनीयोजन गर्ने गरेको बताए ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

२०५४ सालमा आफुहरुले गरेको वजेट विनियोज अहिले देशभरमा लागू भएको बताउदै मेयर पाण्डेले स्थानीयतहबाट पनि राम्रा निती बन्छन् भन्ने कुरा प्रमाणित भएको बताए । अझै गर्नु पर्ने धेरै काम र चुनौती भएको बताएका मेयर पाण्डेले यस्तै वहस र छलफलबाट बाँकी काम पुरा गर्ने बताए । साथै उनले आफुहरुमा भएको कमी कमजोरीलाई सुधार गर्दै जनताहरुको सेवामा लाग्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नोपली कांग्रेसका जगत खड्का, नेकपा एमालेका बिनोद शर्मा, नेकपा माओबादीका शेसुराम भण्डारी, राष्ट्रिय जनमार्चाका शुक्रराज भण्डारी, जनता समाजबादीका जीवन भण्डारी र प्रेस काउन्सीलका सदस्य शरद अधिकारी लगायतले बोलेका थिए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भाष्कर गौतमले स्वागत गरेको कार्यक्रमको सहजीकरण प्रवक्ता श्याम डाँगीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना