घोराही,
१४-साउन/ लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


                                                                         बिज्ञापन
   



स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २ सय ४२ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ५ सय ५५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३ सय ३५ जना र ४ हजार ६ सय ८७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ५० हजार २२ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ७३ जना निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४ हजार २४२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३८ लाख ९३ हजार ६ सय ५२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ पुगेको जनाईएको छ ।

प्रतिकृया

प्रतिकृया