दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

सरकारले पूर्वाधार विकासमा ठूलो लगानी गर्दै आएको छ । तर प्रतिफललाई हेरीयो भने ति पूर्वाधारहरु टिकाउका देखिएका छैनन् । ठूलो आयोजनाका सडक एवं पुलहरु पनि जोखिममा छन् । यस्ता पूर्वाधारमा अर्बौको लगानी सरकारले गर्दै आएको छ । तर गुणस्तरीयतामा भने जतिबेला पनि प्रश्नहरु उठ्दै आए पनि सुधारमा भने ध्यान जानै सकेको देखिदैन । घटिघटाउमा ठेक्का लगाउने सरकारको निती नै अव्यवहारीक मानिन्छ । कुनै पनि आयोजनाको लगात स्टीमेट भन्दा पनि निकै घटेर ठेक्का दिने प्रणाली नै काममा गुणस्तरहिनता आउने कारण बनेको छ । दाङमा बर्षेनी दर्जनौ सडक पूर्वाधार तयार हुदै आएका छन् भने अर्बौको लगानी हुदै आएको छ । तर टिकाउ कति छ भनेर हेरियो भने बनेको केही महिनाबाटै भत्कन सुरु गरिहाल्छ । यसको सास्ती आम जनताले भोगी रहेका छन् भने राज्यको लगानी जनताले तिरेको कर बालुवामा पानी भने झै भएको छ । यस्ता गल्तीलाई सुधारले जाने कसैले ध्यान नै दिएको पाईदैन जस्का कारण बर्षेनी सरकारको लगानी बालुवामा पानी भएको छ । अहिले जति पनि टेण्डरबाट भएका पूर्वाधार विकासका कामहरु रहेका छन् सबै स्टीमेटभन्दा आधा सम्म घटेर निर्माण व्यवसायीले ठेक्का लिने र त्यसैबाट काम गर्नुका साथै नाफा खाने हँुदा पूर्वाधारको संरचना कस्तो बन्ला सहजै जो कोहीले अनुमान लगाउन सक्छन् ।

कालोपत्रे गरेको सडकहरु महिना दिन टिक्दैनन् भने पुलहरु पनि प्वाल पर्ने अवस्थामा पुगेको देखिन्छ । दाङका सडकहरु तुलसीपुर अमेलिया, घोराही होलेरी, घोराही तापा, तुलसीपुर सल्यानसँगै पूर्वपश्चिम राजमार्गको अवस्था अहिले उस्तै छ । खाडलै खाडलका पिच सडकहरु अहिले दुर्घटनाको पासो बनेका छन् । यी बाटोहरु कस्ले बनाउने हो कोही पनि अघि सरेको देखिदैन । जिम्मेवारी संघ सरकारको हो कि प्रदेश या स्थानीयको कोही अघि सरेको देखिदैन । अहिले बर्षायाममा झै यी ठूलो र गौरवका सडकहरु ध्वस्त भएका छन् । खाडलै खाडलका मार्गहरु बनेका छन् । पैदल यात्रु हिड्नै सक्ने अबस्था छैन् भने साना गाडीहरुलाई पिच सडक पार गर्नै मुस्कील छ । ति खाडलहरुमा ग्राभेल लिएर स्थानीय सरकार र सडक कार्यालयले पुरपार पनि गर्दै आएका छन् तर सडकको भार क्षमताभन्दा धेरै लोड बोक्ने ठूला मालबहाक गाडीहरुका कारण सडक निकै जिर्ण बनेका छन् । पानी प¥यो भने ति सडकका खाडलहरु तालमा परिणत हुँदै आएका छन् ।

जसका फलस्वरुप नागरिकहरुले सास्ती पाउदै आएका छन् । राज्यका निकायहरु निकै धेरै छन् तर काम कस्ले गर्ने भन्नेमा भने आरपारको विषय बन्दा बजारभित्र कै खाडलले नगरबासीहरुलाई गिज्याई रहेको छ । स्थानीय सरकारसँगै सडक कार्यालयसँग स्रोत साधन पनि छन् तर नागरिकहरुको सास्ती नदेख्दा सामाजिक सञ्जालमा ति सास्तीहरु पोखिने गरेको छ । घोराही बजार, तुलसीपुर बजार र लमही बजार प्रवेश गर्ने सडकहरुलाई हेरियो भने पनि राज्यका सम्बन्धीत निकाय कहाँ छ भन्ने प्रश्न सबैमा आउछ । तसर्थ सानो खाडललाई समयमै व्यवस्थापन गर्न सकिएन भने ठूलो क्षति हुन सक्छ । अर्कोतर्फ घटिघटाउ टेन्डरमा जाँदा आईपर्ने गुणस्तरहिन काममा पनि अब सचेत बन्न आवश्यक छ । नत्र पूर्वाधार बनेको केही महिना मै लगानी पानी जस्तै बगेर जाने निश्चित छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना