दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

तुलसीपुर
१५-भदौ/ चाडपर्व नजिकिए संगै कोरोना संक्रमणको जोखिम पनि उत्तिकै छ । दाङमा कोरोनाको तेस्रो लहर संग सामना गर्नका लागि पूर्व तयारीलाई तीव्र पारिएको छ । यसअघि जिल्लामा अक्सिजनको अभावले सयौंको निधन भैसकेको छ । तर आगामी दिनमा पुनः त्यस्तै घटना नदोहोरीयोस् भनेर जिल्लामा अक्सिजनको व्यवस्थापनको तयारी तीव्र भैरहेको कोरोना अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले बताएका छन् ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



अहिले जिल्लाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट दैनिक ७५ वटा सिलिण्डर उत्पादन सुरु भएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १०० वटा सिलिण्डर उत्पादन पलान्ट शुरु भएको छ । साथै बाँकी २०० अक्सिजन सिलिण्डर भर्नका लागि टेन्डर प्रक्रिया भैसकेको वली जानकारी दिएका छन् ।

त्यस्तै सोनापुर सिमेन्टले केही दिनमै ४५० सिलिण्डर अक्सिजन उत्पादन शुरु गर्ने तयारी अवस्थामा रहेको छ । यसरी जिल्लामा ८०० सिलिण्डर प्रति दिन उत्पादन शुरु भएमा अक्सिजनको समस्याको सामना गर्न नपर्ने उनले बताए । साथै छिमेकी जिल्लालाई समेत अक्सिजन दिन सक्ने गरी काम गरिरहेको उनको भनाइ छ ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना