दाङ,
१७-भदौ/ कोरोना संक्रमणबाट दाङकी एक वृद्धाको नेपालगन्जमा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत गढवा गाउँपालिका वडा नं. ६ की ९५ बर्षीया वृद्धाको मृत्यु भएको हो ।

गएको भदौ १२ गते अस्पतालमा भर्ना भएकी वृद्धाको बिहीबार बिहान सवा सात बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

त्यस्तै अस्पताल उपचाररत त्रिवेणी गाउँपालिका वडा नम्बर ६ सल्यानकी ६६ वर्षीया पनि मृत्यु भएको वलीले बताए । यो संगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २९ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय जनाको मृत्यु भएको छ ।

प्रतिकृया

प्रतिकृया