तुलसीपुर
१९ भदौ/
लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेलले नेकपा एमालेको नेतृत्वको सरकारले छोटो समयमा आम जनताहरुले देख्ने र महशुस गर्ने गरि विकासको काम गरेको बताएका छन् । तत्कालिन नेकपा एमाले र नेकपा माओबादी केन्द्रको गठवन्धनमा बनेको नेकपाको सरकारले राम्रो काम गर्दै गर्दा माओबादीले विश्वास घात गरेपछि सरकार ढलेको आरोप लगाए ।

 

नेकपा एमाले दाङ क्षेत्र नं. ३ ले शनिबार तुलसीपुरमा आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पोख्रेलले चुनावमा जनताले काम गर्न नसक्ने असक्षम ठानेका व्यक्ति र पार्टीलाई माधव कुमार नेपाल र प्रचण्डले प्रधानमन्त्री बनाएको बताए । जुन किसिमले नेपाल र दाहालले षड्यन्त्र गरेर जनताहरुलाई झुक्याएको बताउँदै त्यसको सजाए पनि जनताहरुले उनीहरुलाई दिने पोख्रेलको भनाई छ ।


साथै पुर्व मुख्यमन्त्री पोख्रेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले जनताको पक्षमा काम गर्दा पनि षड्यन्त्र गरेर प्रधानमन्त्री र मुख्यमन्त्रीलाई हटाईएको बताए । आफुहरुको नेतृत्वको सरकार ढाल्न गद्दारी गर्ने व्यक्तिहरुलाई जवाफ दिन नेकपा एमाले जनताको माझमा जाने उनको भनाई छ । साथै उनले अहिले सरकार ढल्यो भनेर चिन्ता गर्नु नपर्ने बताउँदै अबका दिनहरुमा पनि जनताको अपेक्षामा अनुसार एमालेले काम गर्ने बताए ।


कानूनमा जनताबाट प्रधानमन्त्री हुने प्रावधान रहेपनि फेरी एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुन्छ भन्ने डरले अदालतबाट प्रधानमन्त्री तोक्ने काम भएको बताउँदै त्यो जनताको जनादेश र लोकतन्त्रको विपरित रहेको बताए । अहिले माधव नेपाल र प्रचण्ड समूह एमालेलाई कमजोर बनाउन लागेको बताउँदै उनीहरु एक दिन आफै फस्ने चेतावनी दिए ।


प्रधानमन्त्री ओलीले नाका बन्दिको समयमा डटेर सामना गरे नेपालमा अबका दिनहरुमा नाका बन्द नहुने गरी एमालले काम गरेको बताए । भारतबाट नाका बन्दि भएमा चिनबाट सामान ल्याउँने बाटो एमालले बनाई सकेको उनको भनाई छ । साथै उनले देशमा १८ घण्टाको लोडसेडिङ अन्त्य गर्न एमालले धेरै संर्घष गरेको भएपनि अहिले त्यसको जस एउटा कर्मचारीलाई दिनु दुःखद भएको बताए । नेकपा एमालेलाई कमजोर बनाउन चारैतिरबाट घेराबन्दिको भएको बताउँदै त्यो रहस्य धेरै समय नटिक्ने बताए ।

प्रतिकृया

प्रतिकृया