रुकुम पूर्व
२८-भदौ/ रुकुम पूर्वमा खोलाले बगाउँदा एक जना महिला बेपत्ता भएकी छिन् । लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण पुथाउत्तरगंगा गाउँपालिका-६ अँधेरी खोलामा आएको बाढीले बगाउँदा पुथाउत्तरगंगा-१३ निवासी अन्दाजी ४० वर्षीया हिरा विक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।


                                                                         बिज्ञापन
   



आइतबार अँधेरी खोला तर्ने क्रममा विकलाई खोलाले बगाएको प्रहरीले बताएको छ । विकको खोजी कार्य भएरहेता पनि फेला पार्न नसकेको उनले बताए । यसैगरी सोही वडाको मयाङस्थित साङ खोलाले दुई पानी घट्ट बगाएको छ । साङ खोलाले पछिल्लो दुई वर्षमा थुप्रै जमिन कटान गर्नुका साथै तटबन्ध र तातोपानी संरक्षणको संरचना गरि करिब डेढ करोडको क्षति गरेको बताइएको छ ।

प्रतिकृया

प्रतिकृया