काठमाडौ
२८ भदौ/ युवा ब्याट्सम्यानहरु कुशल भुर्तेल र रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेलेपछि नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ ।


                                                                         बिज्ञापन
   



आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत ओमान क्रिकेट एकेडेमीको मैदानमा भएको खेलमा २३१ रनको लक्ष्य नेपालले ।४९ ओभरमा ५ विकेटका क्षतिमा पूरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ८४ रनको शानदार पारी खेले ‌ । तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । उनले आशिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ६६ रनको कीर्तिमानी साझेदारी गरेका थिए । पहिलो विकेटमा यसअघि कप्तान ग्यानेन्द्र र विनोद भन्डारीले ६१ रनको कीर्तिमान बनाएका थिए ।

आसिफ आउट भएपछि आएका कप्तान ग्यानेन्द्र मल्ल १७ रन बनाएर आउट भए । त्यसपछि आएका कुशल मल्लले १ रनमात्र बनाउन सके ।

तर रोहित पौडेल र विनोद भन्डारीले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गरेपछि नेपालको ५ विकेटका जित सहज भएको हो । जितेका लागि ३ रन बाँकी रहँदा विनोद भन्डारी ३७ रनको सरकारमा आउट भएका थिए । उनले ४८ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

संहालिएर ब्याटिङ गरेका रोहितले ८७ बलमा ६२ रनमा अविजित रहे । उनले २ चौका र ३ छक्का प्रहार गरे ।यसअघि अमेरिकाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको हो ।

अमेरिकाका लागि मोनांक पटेलको शतकीय पारि खेल्दा निसर्ग पटेलले २१ रनको योगदान गरे । मोनांकले ७९ रन हुँदा जीवनदान पाएका थिए । नेपालका लागि नेपालका लागि सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले समान २–२ विकेट लिँदा सुशन भारीको नाममा एक विकेट रह्यो ।

ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाका लागि स्टेभन टेलर र सुशान्त मोडानीले ओपनिङ गरेका थिए । शुरुदेखि नै नेपालीबलरविरुद्ध हावी हुन खोजेको ओपनिङ जोडी धेरै बेर भने टिक्न सकेन । नेपाललाई बिक्रम सोबले पहिलो सफलता दिलाएका थिए ।

उनले १४ रन बनाएर खेलिरहेका टेलरलाई कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए । त्यसपछि सुशान्त र मोनाक पटेलले अमेरिकको पारि अघि बढाएका थिए ।

दशौं ओभरमा ४७ रन भएका बेला सुशान्त व्यक्तिगत १६ रन बनाएर आउट भएका थिए । उनको साझेदारीलाई सन्दीप लामिछानेले एलबीडब्ल्यूको धरापमा पार्दै तोडेका थिए । मोनाकलाई साथ दिन आएका निसर्ग पेटलले टिमको स्कोर ९६ रन पुर्‍याएका थिए । निसर्गलाई कुसल मल्लले आउट गरेका थिए ।

चौथो सफलतको रुपमा नेपालले रनआउटबाट हात पारेको थियो । अमेरिकाका नोस्टुस केन्जीलाई कुशल मल्ल र सन्दीप लामिछाने मिलेर रनआउट गरेका थिए । केन्जी व्यक्तिगत १३ रनमा पभेलियन फर्किदा अमेरिकाले २९।४ ओभरमा ४–१२७ स्कोर बनाएको थियो ।

यसअघि पपुवा न्युगिनीविरुद्ध छक्काको रेकर्डसहित शतकीय पारि खेलेका जसकरण मलहोत्रा नेपालविरुद्ध भने टिक्न सकेनन् । उनलाई सुशन भारीले ११ रनमै पभेलियन पठाउँदै नेपाललाई पाँचौं सफलता दिलाएका थिए ।

तीन दिनअघि पपुवा न्युगिनीविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका अमेरिकी ब्याट्सम्यान जसकरण मलहोत्रालाई सुशान भारीले ११ रनको स्कोरमा आउट गरेका छन् ।

३६.२ ओभरमा मलहोत्रालाई कुशल भुर्तेलले क्याचआउट गराएका हुन् । उनले २१ बलमा ११ रन बनाए । टिमको स्कोर १८५ रन भएका बेला एलमोर हुचिसनले खाता नै नखोली आउट भएका थिए । उनलाई सन्दीपले आउट गर्दै नेपाललाई सातौं सफलता दिलाएका थिए ।

आठौं सफलताको रुपमा नेपालले शतक प्रहार गरेका मोनांक पटेलको विकेट हात पारेको थियो । १०० रन बनाएका बेला उनलाई बिक्रम सोबले आउट गरेका थिए । उनी ४६।१ ओभरमा टिमको स्कोर २०१ रन भएका बेला आउट भएका हुन् ।
११४ बल फेस गरेका पटेलले ९ चौका र एक छक्का प्रहार गरेका थिए ।

अमेरिकाका लागि एक दिवसीय क्रिकेटमा शतक प्रहार गर्ने पटेल दोस्रो खेलाडी बनेका छन् । यसअघि जसकरण मलहोत्राले पीएनजीविरुद्ध शतक प्रहार गरेका थिए ।

नवौं विकेटको रुपमा करिम गोरे रन आउट भएका थिए । १६ रन भएका बेला सन्दीपले रनआउट गरेका थिए । आविष्कार पराडकर १३ तथा शौरभ नेत्रभाल्कर ६ रनमा नटआउट रहे ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरको स्पेलमा २ ओभर मेडन राख्दै ३५ रन खर्चिएर २ विकेट लिएका थिए । यसैगरी सुशन भारीले १० ओभरको स्पेलमा ३१ रन खर्चिएर २ विकेट लिँदा कुशल मल्ले आफ्नो पुरा स्पेलमा ४५ रन खर्चिएर एक विकेट हात पारे ।

विक्रम सोबले ६ ओभरमा ३३ रन खर्चिएर २ विकेट लिँदा सोमपाल कामीले ९ ओभरमा ४४ रन दिएका थिए । यसैगरी करण केसीले ५ ओभरमा ४१ रन खर्चिएका थिए ।

प्रतिकृया

प्रतिकृया