दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

जयन्ती चौधरी, तुलसीपुर
२९-भदौ/ तुलसीपुर उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषणा गरेको बर्षौ बित्दा समेत पनि तुलसीपुर बजारका विभिन्न क, ख, ग, घ, ङ लाइनलगायतका क्षेत्रको सडक पेटी भने व्यवस्थित हुन सकेको छैन् । सडक पेटीमा अव्यवस्थित रुपमा गरिएको व्यापार व्यवसायले बजारनै कुरुप देखिनुका साथै दुर्घटनाको जोखिम बढेको तथा सडक अस्तव्यस्त बनेको छ । तुलसीपुर बजारलाई व्यवस्थित बनाउने भन्दै उपमहानगरपालिकाले सार्वजनिक सूचनामार्फत सडक पेटी, सार्वजनिकस्थल र चोक चोकमा व्यापार नगर्न आग्रह गर्दै आएको छ । तर त्यति गर्दा पनि व्यापारीले अटेर गरेर सार्वजनिक स्थानमा ठेला, सडकपेटीमा सामान राखेर व्यापार गर्ने गरेका छन् ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



यसरी सडक पेटीमा सामान फिज्दा पैदलयात्रुलाई हिड्डुल गर्न समेत कठिनाइ हुने र दुर्घटनाको जोखिम निम्तीने गरेको छ । स्मार्ट सिटीको अवधारणा अनुसार तुलसीपुरको सडकलाई स्मार्ट सडक बनाउनका लागि संघीय सरकारले गत आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब बजेट विनियोजन गरेको थियो । तर कोरोनाका कारण उक्त रकमलाई परिचालन गर्न नसक्दा बजेट फ्रिज भएको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।

यसरी गत वर्षका लागि आएको बजेट फ्रिज भए पनि यस आर्थिक वर्ष २०७८/०७९ का लागि पनि एक अर्ब बजेट विनियोजन भए पनि सरकार फेरबदलले गर्दा उक्त रकम विनियोजन नहुने संकेत पाएपछि स्थानीय सरकारको बजेटबाट नै सडक पेटीको फुटफाट व्यवस्थीत गर्नका लागि काम अगाडी बढाउन प्राविधिकलाई नगरप्रमुख घनश्याम पाण्डेले निर्देशन दिइसकेको प्रवक्ता डाँगीले बताए ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

स्थानीय सरकारले नै आफ्नै स्रोत साधनको प्रयोग गरेर सडक पेटी र फुटफाटको व्यवसायलाई व्यवस्थापनको कामलाई अगाडी बढाएको उनले जानकारी दिए । साथै सडक पेटीको कामलाई यही दशैंसम्म व्यवस्थित गरिसक्ने गरी कामलाई अगाडी बढाउन प्राविधिकलाई ‘स्टिमेट’ तयार गर्न निर्देशन दिएकोले काम छिट्टै हुने उनको भनाइ छ । यसअघि पनि सडक पेटीलाई अवरुद्ध हुने गरी राखेको भ¥याङ, छत फाल्ने काम गरेको र सडक नै कुरुप हुने, अस्तव्यस्त हुने गरि गरिएको व्यवसायलाई र फुटफाट व्यापारलाई व्यवस्थित गर्ने गरेको भए पनि यसका बावजुद पनि विरोध आउने गरेको उनले बताए ।

‘यसरी गरिएको व्यापार व्यवसायले सडक दुर्घटना गराउनुका साथै पैड्लयात्रुलाई जोखिम हुन्छ, त्यसैले हामीले तुलसीपुरको क, ख, ग, घ, ङ लाइनलगायतका क्षेत्र र बसपार्कलगायतका क्षेत्रको फुटफाटलाई व्यवस्थित गर्ने गरेका छौं’, प्रवक्ता डाँगीले भने । सडक पेटीमा व्यापार नगर्न पटक–पटक आग्रह गरे पनि व्यवसायीले स्थानीय सरकारको नियमलाई उल्लंघन गर्ने गरेको उनले बताए । अटेरी गरेर व्यापार गर्ने व्यापारीलाई सम्झाउने, बुझाउने, माकिंग गर्ने र सार्वजनिक सूचना समेत निकाल्ने काम गर्दै आएको उनको भनाइ छ ।

त्यस्तै बजारमा अव्यवस्थित तरीकाले पार्किङ गरिएको मोटरसाइकल र अटोलाई व्यवस्थापन गर्न तर्फ केन्द्रित रहेर काम गरिरहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले बताए । पार्किङ अव्यवस्थित हुँदा र सडक पेटीको व्यापारले सडक दुर्घटना हुने गरेको उनको भनाइ छ । त्यस्तै उद्योग वाणिज्य संघले पनि फुटपातको व्यापारले दुर्घटना नित्ताउने र बजार नै कुरुप देखिने गरी व्यापार व्यवसाय नगर्न व्यवसायीलाई अनुरोध गरी सकेको उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए ।

त्यस्तै तुलसीपुरको बाहिनी चोकमा फुटपातटमा व्यापार गर्दै आएकी सुमित्रा चौधरीले तुलसीपुर उपमहानगरपालिकाले सडकपेटीमा व्यापार गर्ने हामी जस्ताको पेटमा लात हान्न खोजेको बताइन् । आफूले यही सडक पेटीको व्यापारले आफ्नो घर परिवार, छोराछोरीको शिक्षा दिक्षा, लालनपाल्न गर्दै आएको उनको भनाइ छ । हामी सडक पेटीमा व्यापार गरेर दैनिक जिविकोपार्जन गर्नेलाई उपमहानगरपालिकाले व्यवस्थापन गर्ने प्रयास गरेपनि निश्चित क्षेत्र तोक्न नसकेको उनी बताउँछिन् ।

हामी सडक पेटीको व्यापार गर्ने सबैलाई एक ठाउँमा व्यवस्थित गरेमा आफूहरु पनि उपमहानगरपालिकाले तोकेको स्थानमा जान तयार रहेको बताइन् । तुलसीपुर उपमहानगरपालिकाले सार्वजनिक स्थानमा व्यापार गर्न नदिने नीति अवलम्बन गरेता पनि अझैसम्म पूर्ण रुपमा लागू भने गर्न सकेको छैन ।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना