तुलसीपुर,
२९-भदौ/ पशु सेवा शाखा तुलसीपुरले मंगलबार ११ जना घर पालुका कुकुरलाई रेविज बिरुद्धको खोप लगाएको छ । मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ३,५,६,९,१० र १२ नं. वडाका ११ वटा कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाईएको पशु चिकित्सक मनोज वलीले जानकारी दिए ।


                                                                         बिज्ञापन
   



तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले १५ औँ विश्व रेविज दिवसको अवसरमा १५ दिने रेविज रोग नियन्त्रण शिविर संचालन गरेको छ ।

‘रेविज बारे तथ्य बुझौँ, त्रसित नहऔँ’ भन्ने नाराका साथ संचालन गरेको शिविरमा १५ दिनको अवधिमा ५ सय कुकुर, बिरालो र बाँदरलाई भ्याक्सिन लगाउने योजना छ । एक पटक भ्याक्सिन लगाएमा एक बर्ष सम्म काम गर्ने चिकित्सक वलीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया