तुलसीपुर,
२९-भदौ/ नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकका रुपमा उल्लेख गरिएको छ । यसरी संविधानमा बालबालिकाका लागि भनेर मौलिक हकका निमित्त कानुन बनाइएता पनि व्यवहारमा भने अझैसम्म लागु हुन सकेको अवस्था छैन् ।


                                                                         बिज्ञापन
   



मंगलबार नेपालमा ५७ औं राष्ट्रिय बाल दिवस मनाइएको छ । ‘‘सामान्य अवस्था वा कोभिड महामारी बालअधिकार संरक्षण हाम्रो अधिकार भन्ने नाराका साथ दाङको तुलसीपुरमा अन्र्तक्रिया कार्यक्रम गरी ५७ औं राष्ट्रिय बाल दिवस मनाइएको छ ।

बाल दिवसमा सहभागी बालबालिकाले आ–आफ्नो धारणा व्यक्त गरेका छन् । बर्दिया जिल्ला देउडाकला ७ लक्ष्मन्वा घर भैइ हाल ज्ञानज्योति बोडिङ स्कूल तुलसीपुरमा अध्ययनरत श्रेया रेग्मीले बालबालिकालाई राम्रो नाना, राम्रो छाना मात्रै दिएर नपुग्ने बताएकी छिन् । बालबालिकालाई समयमा नै राम्रो ज्ञान संस्कार नदिएमा उनीहरुको भविष्यनै अन्धार हुने पनि बताइन् । बालबालिकाका लागि राम्रो गुणस्तरीय विद्यालय संचालनमा ल्याउ नकि वृद्धाआश्रम खोलौं उनले भनिन् ।

त्यस्तै उनले बालअधिकार कोठामा मात्रै सिमित नभएर व्यवहारमा लागु गर्न पर्ने संघिय, प्रदेश, स्थानीय सरकारलाई खबरदारी गरेकी छिन् । बालअधिकार दिवसको अवसरमा मात्र नभई बालअधिकार मैत्री वातावरणको सुनिश्चितता गर्नु पर्ने बताएकी छिन् । बालअधिकार नारामा मात्र सिमित भएको भन्दै उनले अहिले आफू जस्तै बालबालिकाहरु आफ्नै बुवा, दाजुभाईबाट बलात्कृत हुने गरेको बताएकी थिइन् ।

त्यस्तै कार्यक्रममा गुरुजजुर माविका शैल्यस शर्माले मानसिक स्तरमा दीर्घकालिन परिर्वतन नआउदासम्म बालबालिकाको हिंसामा कमी नआउने औलाएका थिए । उनले कोरोना महामारीका बिचमा बालबालिकाहरुको मानसिकतामा ठूलो असर परेको भन्दै विद्यालयले बालबालिकाको शैक्षिक सिकाइका लागि बैकल्पिक माध्यम अपनाएर शैक्षिक गतिविधीलाई चलायमान बनाएर बालबालिकाको मानसिक तनावलाई कम गर्नु पर्ने बताएका थिए । बालबालिका भनेका भविष्यका कर्णधार भएकाले उनीहरुको हकहित, संरक्षणका निमित्त स्थानीय सरकारले पनि पहल कदमी चाल्नु पर्ने बताए ।

त्यस्तै गोरखा मावि कक्षा ११ मा अध्ययनरत सयर शर्माले बालबालिकाले शिक्षा, स्वास्थ्य मनोरञ्जन गर्न पाउने अधिकारको हन्न भएरहेको बताएकी छिन् । बालबालिकाले विद्यालय जानु पर्ने उमेरमा रेष्टुरेन्ट, इट्टा भट्टा लगायत क्षेत्रमा काम गर्न बाध्य भएको बताइन् । बालबालिकालाई गुणस्तरीय शिक्षा नदिएर अझैपनि गाँउ घरमा छिट्टै विवाह गरि दिने गरेको कयौं घटनाहरु रहेको उनले उल्लेख गरेकी थिइन् । साथै उनले सरकार, समाज, नागरिक, अभिभावक जिम्मेवार नहुदा सम्म बालअधिकार सुनिश्चित नहुने उनको तर्क थियो ।

साथै उक्त अन्र्तक्रिया कार्यक्रममा तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका १८ जना बढी बालबालिकाको सहभागिता रहेको थियो भने कार्यक्रममा १२ जना विद्यार्थीहरुले आफ्नो अनुभव र विचार व्यक्त गरेका थिए ।

त्यस्तै अन्र्तक्रिया कार्यक्रमको प्रमुख अतिथि रहेका नगर प्रमुख घनश्याम पाण्डेले बालअधिकार सम्बन्धी निति बनाएर लागु गरेको बताएका छन् । बालबालिकाको सर्वागिंण विकासका लागि गर्भबाट नै शिशुले उचित स्याहार–सुसार, माया–ममता नपाएमा सुरक्षित र स्वस्थ बालबालिकाको जन्म हुनै नसक्ने बताएका छन् । साथै उनले शतप्रतिशत बालबालिकाको सुरक्षित मातृत्वको विकास गर्न सकेको तुलसीपुर उपमहानगरपालिका भएको उल्लेख गरेका छन् ।

त्यस्तै नगर बाल अधिकार समिती संयोजक नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको विशिष्ट अतिथिमा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर माया आर्चाय, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्याल, तुलसीपुर ११ का वडा अध्यक्ष घनश्याम भुसाल, संम्बाद समूहकी सुष्मा गिरी, नेपाल पत्रकार महासंघ दाङकी सदस्य उमा भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रमको स्वागत मन्तव्य न्यायिक समिती सदस्य यमुना परियारले गरेकी थिइन् भने कार्यक्रमको सहजिकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठले गरेकी थिइन् ।

त्यस्तै कार्यक्रममा विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयबाट सहभागी बालबालिकालाई सम्मान तथा हौसला स्वरुप खाडा र मायाको चिनो ओढाएर सम्मान गरिएको थियो ।

नेपालले बाल अधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

पछिल्ला वर्ष विश्वव्यापी कोरोना महामारीका कारण बालबालिकाको नियमित पठनपाठनमा असर पुगेको छ । साथै दुर्गम गाउँ र बस्तीमा रहने बालबालिका अनलाइन कक्षाबाट वञ्चित हुनु परेको अवस्था छ । अठार वर्षमुनिका बालबालिकाका लागि कोरोना विरुद्धको खोपको व्यवस्था हुन नसकेका कारण उनीहरू संक्रमणको जोखिममा छन् ।

प्रतिकृया

प्रतिकृया