तुलसीपुर,
२९-भदौ/ मंगलबार दिउँसो हावाहुरी सहित परेको पानीले भट्टे कृर्षी सहकारी संस्थाको टमाटर खेती नष्ट गरेको छ । प्रधानमन्त्री कृर्षी आधुनिकि करण परियोजना अन्र्तगत कृर्षी ज्ञान केन्द्रको सहयोगमा संचालित भट्टे कृर्षी सहकारी संस्थाले उत्पादन गरेको टमाटर खेति हावाहुरी सहित परेको पानीले नष्ट गरेको हो ।


                                                                         बिज्ञापन
   



तुलसीपुर उपमहानरपालिका वडा नं. ३ भट्टेमा करिव डेढ विगाहा जग्गामा लगाईएको टमाटर खेति मध्ये १४० वटा टनेलको टमाटर नष्ट भएको भट्टे कृर्षी सहकारी संस्थाका अध्यक्ष कर्ण बहादुर वलीले जानकारी दिए ।

प्रधानमन्त्री कृर्षी आधुनिकि करण अन्र्तगत ५० लाखको लागतमा लगाईएको टमाटर मध्ये करिव ४० लाखको क्षति भएको अध्यक्ष वलीले जानकारी दिए । पाकेर बजारि करणको लागि तयारी अवस्थामा रहेको टमाटर नष्ट भएपछि कृषक चिन्तित भएका छन् ।

प्रतिकृया

प्रतिकृया