तुलसीपुर,
२९ भदौ/ तुलसीपुुरमा मंगलबार दिउँसो एक घरबाट करिव चार लाख बराबरको गरगहना र नगद चोरी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ भुयाँरथान नजिक बस्ने प्रेमसिंह घर्तीको घरबाट तीन तोलाको गरगहना सहित नगद दुईहजार रुपैयाँ चोरी भएको प्रहरीले बताएको छ ।


                                                                         बिज्ञापन
   



दिउँसो सवा ३ बजे छोरीलाई विद्यालयमा लिन गएको समयमा कोठामा कोही नभएको मौका छोपी चोरले सुन र नगद चोरी गरेको पिडित घर्तीले बताए । ‘दिउँसो सवा तीन बजेको समयमा म छोरीलाई लिन विद्यालय गएको थिएँ’ उनले भने बुढी छिमेकी बहिनीकोमा गएकी थिईन ‘घरबाट म निस्केको करिव १५ मिनेटभित्रै चोरले दराज खोलेर साढे चार लाख बराबरको गरगहना र नगद चोरी गरेको छ ।’

चोरले सुनको नेक्लेस, औँठी, बाला, चन्द्रमा, श्रीबन्धि, झालर, टिकटक माला लगायतका गरगहना र नगद चोरेको घर्तीले बताए । सुन चोरी भए लगत्तै प्रहरीलाई खबर गरेपनि चोर पत्ता लाग्न नसक्नेको घर्तीले बताए । यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्याम अर्यालले चोरी गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् ।

प्रतिकृया

प्रतिकृया