दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

तुलसीपुर,
२-असोज/ नेपाली कांग्रेसको १४ औं अधिवेसनका लागि तुलसीपुर उपमहानगरपालिकामा नगर सभापतिका लागि तीनजनाले आकांक्षा देखाएका छन् । वडा तहको अधिवेशन सकिएसंगै नगर सभापतिको लागि आकांक्षीहरु अहिले आ–आफ्नो प्रचारप्रसारमा जुटेका छन् । तुलसीपुरमा नगर सभापतिका लागि यातायात व्यवसायी सुरेश हमाल, शोभाकर सापकोटा र अनिल कार्कीले आकांक्षा राखेका छन् ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



यही असोज ९ गते हुने नगर सभापतिको महाधिवेशनका लोकप्रिय तथा बलियो आकांक्षी मानिएका सुरेश हमालले नगर सभापतिमा आफ्नो उम्मेद्धारी रहने बताएका छन् । हमाललाई दीपक गिरी, डिल्लीबहादुर चौधरी, बुद्दिराम भण्डारी लगायतका नेता र वर्तमान पार्टी सभापतिको समर्थन रहेको चर्चा छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बाट सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधिमा चुनिएका यातायात व्यवसायी तथा कांग्रेसका युवा नेता हमाल राप्ती बबई क्याम्पसमा २०५३ सालमा नेविसंघबाट प्रतिनिधित्व गरेर स्ववियु कोषाध्यक्ष निर्वाचित भएर काम गरेका थिए ।

हाल उनी नेपाली कांग्रेसको सुवेच्छुक संस्था नेपाल प्रजातान्त्रिक यातायात व्यवसायि महासंघको केन्द्रिय सचिव, यातायात समन्वय विभागको केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशको संयोजक र जिपी फाउन्डेसको प्रदेश सदस्यलगायत पदमा रहेर काम गरि रहेका छन् । ति बाहेक हमाल विभिन्न सामाजिक संस्थामा आवद्ध भएर काम गर्दै आएका छन् । आफुभन्दा अग्रज नेता तथा पार्टीले सहमती गरेर आफुलाई नगर सभापतिका लागि छनोट गरे अगाडी बढ्ने र छनोट नगरे पनि आफुले अरु उम्मेद्वारलाई सहयोग गर्ने हमालले बताए । पार्टीको सहमती भन्दा बाहिर आफु नजाने उनको भनाई छ । लायन्स क्लब, रोटरी क्लब तथा तुलसीपुर उद्योग वाणिज्य संघका वर्तमान सल्लाहकारका रूपमा समेत रहेका हमाललाई राजनीतिसँगै सामाजिक अभियन्ताका रूपमा पनि चिनिने गरिन्छ ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

त्यसैगरी नगर सभापतिका अर्का आकांक्षी अनिल कार्की पनि प्रचारप्रसारमा जुटेका छन् । उनी २०५५ सालदेखि महेन्द्र मावी कपिलवस्तुबाट नेविसंघमा आवद्ध भएका थिए । त्यसैगरी २०६२,६३ सालको जनआन्दोलनमा विद्यार्थीको नेतृत्व गरेका थिए । २०६३ सालमा राप्ती बबई क्याम्पसमा नेपाली कांग्रेसको दुई खेमा भएको बेलामा प्रजातान्त्रिक कांग्रेसको ईकाई कमिटीको उपसभापति, २०६४ सालमा ईकाई सभापति र २०६४ सालमै नेपाल विद्यार्थी संगठनको जिल्ला कार्यसमिति सदस्य, स्ववियु परिषद्को केन्द्रिय उपाध्यक्ष भएर काम गरेका छन् । अहिले आफ्नो उमेरको हिसावले पनि नगर सभापतिको आकांक्षी रहेको उनको भनाई छ । समाजमा हुने विभिन्न किसिमका विकृतिलाई हटाउनको लागि आफ्नो उम्मेद्धारी रहेको कार्कीको भनाई छ । अहिले पार्टी भित्रको महाधिवेशन भएको र कुनै विपक्ष संग लड्ने नभएकाले नगरमा तीन जनाले सभापतिका लागि आकांक्षा राखे पनि अग्रज नेताहरुले सहमतीको कुरा अगाडी बढाएमा आफु सहमती भन्दा बाहिर नभाग्ने बताए ।

अर्का आकांक्षी शोभाकर सापकोटा पनि अहिले कार्यकर्ता भेटघाटमा व्यस्त छन् । उनी पनि २०५० सालमा महेन्द्र माविको ईकाई सभापति, २०५३ सालमा स्ववियुको उपसभापति, २०५८ मा तुलसीपुर नगर कमिटीको सचिव, २०५६ मा नेपाल विद्यार्थी संघको क्षेत्र नं. ४ को क्षेत्रिय सचिव भएर काम गरि सकेका उनी २०५७ सालदेखि वन महासंघमा आवद्ध छन् । अहिले पार्टीले नगर सभापतिका लागि सहमती गराउन खोजेमा आफु तयार रहेको उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना