दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

बर्दिया,
२-असोज/ बर्दियामा जंगली जनावरलाई थालेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ गोदानाका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी)  ईश्वर कार्कीले जानकारी दिए ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



एसपी कार्कीका अनुसार शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् । खेतमा विद्युतीय पासो थाप्ने छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखिएको एसपी कार्कीले बताए ।
स्रोतः अनलाईन खवर

प्रतिकृया

प्रतिकृया

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना