दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

घोराही
२-असोज/ दाङमा स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन् । २०७७ साल माघ ३० गते देखी दाङमा सुरु भएको स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा विमा गराउनेको संख्या न्यून रहेको छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



दाङका दश स्थानीय तहका एक सय वडामा बिमा कार्यक्रम लागु गरिएको छ तर अहिलेसम्म १२ हजार तीन सय ३२ जना मात्रै यो कार्यक्रममा आबद्ध भएको स्वास्थ्य बिमा बोर्ड दाङका कार्यक्रम संयोजक गोपीलाल ओलीले जानकारी दिए । जस अनुसार घोराहीमा ४ हजार एक सय तीन, तुलसीपुरमा तीन हजार ४२, लमहीमा आठ सय ९० जना आवद्ध भएका छन् ।

त्यस्तै राप्तीमा सात सय ७९, गढवामा दुई सय ६५, राजपुरमा पाँच सय २४, बबईमा एक हजार ६०, बंगलाचुलीमा पाँच सय २७, दंगीशरणमा छ सय ३५ र शान्तिनगरमा पाँच सय सातजनाले स्वास्थ्य बिमा गराएको संयोजक ओलीको भनाई छ । ५ जनाको परिवारले ३५ सय रुपैयाँ जम्मा गरेर एक लाख रुपैयाँ उपचार विमा पाउने व्यवस्था छ ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

त्यस्तै ४२ सय जम्मा गरे ७ जना सम्मको एक लाख २० हजार, ८ जना सम्मको ५६ सय जम्मा गरे एक लाख ६० हजार रुपैयाँ बराबरको उपचार विमा हुने उनले बताए। दाङमा करिब साढे ६ लाख जनसंख्या रहेको अनुमान छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राप्ती प्रादेशिक अस्पताल, लमही अस्पताल र बंगलाचुली अस्पतालबाट विमा बाफतको स्वास्थ्य उपचार लिन सकिने व्यवस्था गरिएको छ ।

जिल्लाका एक सय वडामा विमा गराउने कर्मचारी भर्ना गरिएको छ । कोरोना संक्रमणका कारण प्रभावकारी बन्न नसकेको यो अभियानमा अब तिव्रता आउने ओलीले बताए । ति कर्मचारी नागरिकहरुका घरमै पुगेर विमा गराउने छन् ।।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना