दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

प्रिया स्मृती गजमेर,लमही
३ असोज / राजपुर गाउँपालिका ५ सालभौरीका ध्रुव वली पूर्व शिक्षक हुन भने अहिले किसान । उनले नेपाली बिषयबाट एमएड गरेका छन । करिब तीन वर्ष उच्च माध्यमिक तहमा अध्यापन गरे । निजि स्रोतको जागीर चित्त बुझ्दो नभएपछि उनी वैदेशिक रोजगारीको शिलशिलामा दुबई गएका थिए । लकडाउले गर्दा भएको जागिर पनि गुम्यो । त्यहाँ चार वर्षको बसाईमा उनले खास्सै राम्रो आम्दानी गर्न सकेनन र नेपाल फर्किए ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



नेपाल फर्केर वलीले लोकल कुखुराको ब्यवसाय सुरु गर्ने योजना बनाए । ब्यवसायिक हिसाबले लाग्न निकै गाह्रो थियो । न प्रयाप्त पैसा न त कुनै प्राविधिक ज्ञान नै । तैपनी वलीले हिम्मत हारेनन र सुरु गरेरै छोडे । वलीले करिब ५ कट्ठा जग्गामा खोर बनाएका छन । खोर त जसो तसो निर्माण गरियो तर कुखुरालाई सुरक्षित गर्नका लागि तारवार गर्ने पैसा थिएन । त्यहीबेला मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले अनुदान भनेर ५० हजार रुपैयाँ दियो र त्यही पैसाले मैले खोरको चारै तिर तारवार गरे वलीले भने । खोर निर्माण गर्दा एक लाख खर्च भएको उनले बताए । अहिले उनीसंग ६ सय हाराहारीमा लोकल कुखुरा छन् ।

विक्री गर्न लायक तयारी अवस्थामा रहेका छन । यो ब्यवसाय उनले ६ महिनाअघि सुरु गरेका हुन । सुरुमा वलीले गाउँ भरि डुलेर लोकल कुखुराका अण्डाहरु संकलन गरे । त्यति धेरै अण्डाहरु पोथी कुखुराले घोरलेर साध्य नहुने अनि प्रती अण्डाको १५ रुपैयाँका दरले ४ सय ५० वटा लोकल कुखुराका अण्डा संकलन गरेर ह्याचरीमा दिए, ती संकलित साढे चार सय अण्डाबाट ३ सय ७६ वटा बच्चा उत्पादन भए । केही बच्चा मरेर क्षति ब्यहोर्नु परेको थियो ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

कुखुरा धेरै र खोर एउटै भएका कारण एक अर्कामा लडाई गर्छन, अब खोर नथपि नहुने भएको छ वलीले भने । क्षमता भन्दा बढिलाई एकै ठाउँमा राख्दा थुप्रै समस्या थपिने उनले बताए ।

लगानीको आकार फराकिलो भएमा कुखुरा पालनबाट पनि मनग्यै आम्दानी गर्न सकिने तर्क छ उनको । उत्पादन र बजार ब्यवस्थापनमा राज्यले सहयोग गरे मासिक ४० देखि ५० हजार आम्दानी हुने उनको भनाई छ । लोकल कुखुरामा रहर जागेर शुरु गरे तर बजारीकरणमा समस्या देख्छु वलीले भने । गाउँ घरमै प्रतिकिलो ६ सयका दरले विक्री गरिरहेको उनले सुनाए । केही गर्छु भन्ने किसानलाई राज्यले हौसला दिने काम गरेको भन्दै खुसी व्यक्त गरे ।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना