रोल्पा
६ असोज/ भीरबाट खसेको ढुंगा लागेर रोल्पामा आमाछोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका–९ की २५ वर्षीया संगीता पुन र उनकी दुई वर्षकी छोरी कृतिकाको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारीबाट घरतर्फ जाने क्रममा हाङ्वाङ भीरबाट खसेको ढुंगा लागेर आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

यस्तै रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षका तीर्थलाल थापाको पनि भीरबाट लडेर मृत्यु भएको उनले बताए । बिहे भोज खाएर फर्किने क्रममा भीरबाट लड्दा थापाको मृत्यु भएको डीएसपी सुवेदीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया