काठमाडौं
१२-असोज/ आज विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । ‘रेबिज : तथ्य बुझौँ, त्रसित नबनौँ’ भन्ने नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो । नेपालले सन् २०३० सम्ममा रेबिजका कारण हुने मृत्युलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ । रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ ।

जङ्गली जनावरको सम्पर्कमा पुगेका कुकुरमा रेबिज लाग्ने र संक्रमित कुकुरले मानिसलाई टोकेपछि यो भाइरस सर्ने गर्छ । पछिल्लो समय कुकुरले टोकेर खोप लगाउन आउनेको संख्या बढ्दै गएको अस्पतालहरुको भनाइ छ । सुई लगाएर रेबिजलाई निको पार्न सकिन्छ तर ढिला भएमा प्राणघातक बन्न सक्छ । मुख्य सहर बजारमा छाडा छाडिने कुकुरहरूका कारण रेबिज संक्रमणको जोखिम बढाएको छ । घरमा पालेको वा कुकुरको छाउराले टोकेको भनेर लापर्बाही नगर्न डाक्टरहरुको सुझाव छ ।

जटिल अवस्थामा ‘रेबिज इम्युनोग्लोबुलिन’ सुई लगाउनु पर्छ । एन्टी रेबिज खोप लगाएको सात दिन पार गरिसकेको र पहिला कुनै समयमा एन्टी रेबिज खोप लगाइसकेको अवस्थामा भने ‘रेबिज इम्युनोग्लोबुलिन सुई लगाउन नहुने डाक्टरहरुको भनाइ छ । ‘रेबिज इमुनोग्लुबोलिन’ सबै ठाउँमा सहज उपलब्ध छैन । यो सुई लगाउन संक्रमित काठमाडौं जानुपर्ने बाध्यता छ ।

प्रतिकृया

प्रतिकृया