दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

सुशीला ओली, घोराही
१३-असोज/ जिल्लाको पोल्ट्री व्यवसायमा ३ अर्ब बढी लगानी भएको छ । पोल्ट्री व्यवसायमा आम्दानी राम्रो हुने भएपछि मासु, अण्डा उत्पादन, कुखुराका लागि दाना सँगै पछिल्लो समय कुखुराका बच्चा उत्पादनका लागि ह्याचरी उद्योगमा लगानी बढ्दै गएको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका अनुसार जिल्लामा ह्याचरी, कुखुरा फर्म र सप्लायर्स गरी ७ सय बढी फर्म तथा उद्योगहरू रहेका छन् । जिल्लामा ब्रोइलर चल्लाका बच्चा उत्पादनका लागि १७ वटा ह्याचरी उद्योग, मासुका लागि करिब साढे ४ सय फर्म, करिब एक सय दाना सप्लायर्स र अण्डाका लागि करिब १ सय ५० वटा लेयर्सका फर्महरू रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



जसमा ३ अर्ब बढी लगानी रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डा. वेदबहादुर केसीले जानकारी दिए । कार्यालयका अनुसार जिल्लामा करिब साढे चारसय कुुखुरा पालन व्यवसाय दर्ता भएर पनि अन्य धेरै व्यवसाय दर्ता नभएरै सञ्चालन भएका छन् । कुखुरा पालनका लागि दाङ जिल्ला राम्रो वातावरणसँगै मासु तथा अण्ड सप्लायसर्यका हिसाबले समेत उपयुक्त ठाउँ भएकाले पोल्ट्री व्यवसायमा लगानी बढेको कार्यालय प्रमुख केसीले बताए ।

पछिल्लो समय कोरोनाका कारण व्यवसायी समस्यामा परेको बताए । छोटो समयमै राम्रो नाफा लिन सकिने व्यवसाय फोल्ट्री व्यवसाय हो भएको हुँदा पोल्ट्री व्यवसायमा राम्रो लगानी रहेको उनको भनाई छ । तर पछिल्लो समय कोरोनाले व्यवसायीमा असर पु¥याएको छ । कोरोना भाइरसका कारण जिल्लामा व्यवसायीले ठूलो घाटा व्यवहोर्नु परेको छ । जिल्लामा पोल्ट्री व्यवसायमा दाङ उपत्यका भन्दा देउखुरी उपत्यकामा बढी लगानी रहेको छ । दाङका विभिन्न स्थानसँगै पहाडी जिल्लाहरूमा समेत कुखुरा, बच्चा, अण्डा पठाउन सकिने भएकाले धेरै व्यसायीहरूले पोल्ट्री व्यवसायमा लागनी गरेको कार्यालयले जनाएको छ । अण्डा उत्पादनका हिसाबले दाङ देशभरमै चितवन जिल्लापछि दोस्रो अण्डा उत्पादन हुने जिल्लाका रूपमा चिनिन्छ । तर, कोरोनाका कारण पहिलेको तुलनामा अहिले अण्डाको उत्पादनमा समेत गिरावट आएको कार्यालय जनाएको छ ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

पछिल्लो समय कुखुरापालन गर्ने व्यवसायी घट्दै गएको सुरक्षित कुखरा तथा दाना व्यवसायी समिति घोराहीका अध्यक्ष चन्दन भण्डारी बताउँछन् । कोरोनाका कारण उत्पन्न भएको संक्रमणकालीन समयमा जिल्लामा करिब ५० प्रतिशत व्यवसायीहरू कुखुरा पालन व्यवसायबाट पलायन भएको व्यवसायी समेत रहेका भण्डारीले बताए । दानाको मूल्य बढ्ने तर व्यवसायीले तयार गरेका कुखुराको मूल्य नबढ्ने, दानाको गुणस्तर मापन गर्ने व्यवस्था नहुँदा अखाद्य दानाका कारण व्यवसायीहरू मारमा पर्ने गरिरहेको उनले बताए । त्यसमा कोरोना भाइरसका कारण दुुईवर्ष लामो समय लकडाउन हुँदा आधा व्यवसायी व्यवसाय क्षेत्रबाट पलायन भएका छन् । उनका अनुसार दुईवर्ष अघि जिल्लामा साना तथा ठूला लगानीका करिब १२ सय व्यवसायीहरू रहेका थिए । व्यवसायीहरू मारमा पर्नुको अर्काे समस्या भारतबाट कुखुरा तस्करी हुनु समेत भएको उनले बताए ।

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना