दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

घोराही,
१७-असोज/ दाङ महिला जेसिजको आयोजनामा मानव विकासका लागि नेतृत्वको अभ्यास बिषयमा छलफल कार्यक्रम भएको छ । जेसिजले घोराहीमा एक कार्यक्रमको आयोजना गरि मानव विकासका लागि नेतृत्वको आबस्यकताको बिषयमा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितीमा छलफल गरेको हो । जेसिजका अध्यक्ष ममता बिष्टको अध्यक्षता एवं राष्ट्रिय सभा सदस्य अनिता देवकोटाको प्रमुख आतिथ्यतामा नेपाल सरकार पूूर्ब सहसचिब रमेशकुमार अधिकारी र नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोख्रेललाई बक्ताको रुपमा राख्दै नेतृत्वका बिषयमा छलफल भएको हो ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



आफ्नो धारणा राख्दै नेपाल सरकारका पूर्व सहसचिब अधिकारीले मान्छे बदलिए पछि मात्रै ठाउँ बदलिने भन्दै त्यसका लागि नेतृत्व सक्षम हुनुपर्नेमा जोड दिए । नेतृत्व सक्षम नहुदा मानव बिकासमा चुनौती सृजना हुने भन्दै उनले ज्ञान, सिप र सोचले नेतृत्व जन्माउने उल्लेख गरे । नेतृत्वले स्रोतलाई अर्थमा बदल्न सके मात्रै समाज विकास हुने उनको भनाई छ । समस्या के छ भन्ने भन्दा पनि सम्भाबना के छ भन्नेबाट सोचको विकास गर्न सके मात्रै सक्षम नेतृत्वको स्थापित हुने बताए । त्यसैगरी, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुुल पोख्रेलले सक्षम नेतृत्वले मात्रै विचारलाई कार्यान्वयन गर्न सक्ने बताए । लेखिने कुरा धेरै भए पनि त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व सक्षम नभए विचारको अर्थ नरहने उल्लेख गरे ।

सहि नेतृत्व भए मात्रै दक्ष जनशक्ति उत्पादन हुने र विचार शिद्धान्तलाई कार्यान्वयन गर्ने धारणा राखे । कार्यक्रममा राष्ट्रियसभा सदस्य अनिता देवकोटाले सहि नेतृत्वले मात्रै परिवार, समाज र देशलाई सहि मार्गमा हिडाउन सक्ने बताईन । मानव विकासका लागि असल नेतृत्वको आबस्यक पर्ने भन्दै उाले सोच र चिन्तनमा समेत परिबर्तन हुनुुपर्नेमा जोड दिईन । कार्यक्रममा साहित्यकार डा. कृष्णराज डिसी, दाङ जिल्ला उद्योग बाणिज्य संघका महासचिब महेन्द्र बुुढाथोकी, महिला जेसिजका संस्थापक अध्यक्ष निर्मला गौतम, पूूर्ब अध्यक्ष विणा विसी, जेसिआई त्रिभूूवननगरका अध्यक्ष मुुकेश्वर शर्मा, रोटरी क्लव अफ दाङका अध्यक्ष रजिव उल्लाह खान लगाएतकाले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण दाङ महिला जेसिजका महासचिब सुुनिता थापाले गरेकी थिईन ।

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना