तुलसीपुर
४-कार्तिक/ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष सुर्य बहादुर डाँगीले वडाका पिडित किसानहरुको खेतमा पुगेर अनुगमन गरेका छन् । धानबालीमा क्षति भएको स्थानहरुको विहिवार अवलोकन गदै उनले पिडित किसानहरुको विवरण संकलन गरी राहतका लागि तीनै तहका सरकार संग पहल गर्ने बताएका हुन् ।

अविरल बर्षातका कारण क्षति भएको कचिला, कचिली, टरिगै र गनारीमा किसानका खेतमा पुगेर अवलोकन गर्दै पिडित किसानहरुको पहिचान गरी राहतका लागि आवश्यक पहल थाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । वडा अध्यक्ष डाँगीका अनुसार गत आईतवार देखी परेको अविरल बर्षातका कारण वडा भित्रका किसानले लगाएको धानबालीमा क्षति पुगेता पनि विशेषगरी कचिला, कचिली, टरिगै र मनारीमा बढी क्षति भएको छ ।

चार/पाँच कठ्ठामा धानखेती गरेका किसानहरुको पुर्ण रुपमा क्षति हुदा उनीहरु निकै समस्यामा परेको उनले बताए । त्यस क्षेत्रका चार घरपरिवार किसानले लगाएको धानबाली पुर्ण रुपमा क्षति भएको छ । त्यस्तैगरी पाँच/छ कठ्ठा देखी बढि जग्गामा लगाएको धानखेतमा पनि धेरैजसोमा क्षति पुगेको उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया