दाङ,
९-कात्तिक/ नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत् मंगलबार देशभर पालिका अधिवेशन हुँदैछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापाथलीस्थित पार्टी कार्यालयको वार रुमबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

दाङमा पनि १० वटै पालिकामा आज अधिवेशन हुँदैछ । सबै पालिकामा अधिवेशनको तयारी पूरा भइसकेको बताईएको छ । तर बाढीपहिरो प्रभावित केही जिल्लाहरूमा पनि आज अधिवेशन हुन नसक्ने सम्बन्धित जिल्ला कमिटीले जनाएको छ । एमालेले यसअघि नै कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो । जसअनुसार ६ गते वडा अधिवेशन सम्पन्न भइसकेका छन् ।

बाढीपहिरो प्रभावित भएका ठाउँ र सहमति हुन नसकेका केही ठाउँमा भने वडाको नेतृत्व चयन हुन सकेको छैन । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र सचिव एकरएक जना, उपसचिव दुई जनासहित महानगरपालिका १०१, उपमहानगरपालिकामा ८५ र नगरपालिका र गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन गर्नेछ ।

प्रतिकृया

प्रतिकृया