तुलसीपुर,
११-कात्तिक/ दाङको पत्रेखोला पुलमाथीबाट अबको १५ दिनमा गाडी गुड्ने दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताएका छन् । बिहीबार समाजिक संचालमा फेसवुकमा स्टाटस राख्दै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले अबको १५ दिनमा उक्त पुल माथीबाट गाडी गुड्ने बताएका हुन् ।

‘दाङको पत्रेखोला पुल : यो वर्षमा लामो मनसुन र बेमौसमी वर्षाका कारणले ढिलो भएकोमा क्षमाप्राथी छौ, अबको १५ दिनमा यो पुलमाथी गाडी गुड्नेछ’ उनले फेसबुकमा लेखेका छन् ।घोराही तुलसीपुर सडक खण्डामा पर्ने पत्रेखोलाको पुल समयमै निर्माण नहुँदा उक्तबाटो भएर हिड्ने यात्रुहरुले वर्षेनी सास्ती भोग्नु परेको छ । समयमै पुल निर्माण नहुँदा चौतर्फि आलोचना हुँदै आएको छ ।

 

प्रतिकृया

प्रतिकृया