तुलसीपुर,
११-कात्तिक/ तुलसीपुर उपमहानगरपालिका १ र शान्तिनगर ३ जोड्ने खारखोलीमा निर्माण भएको झोलुङ्गे पुलको राष्ट्रिय सभा सदस्य कोमल ओलिले उद्घाटन गरेकी छिन ।  बिहीबार एक कार्यक्रमकाबिच राष्ट्रिय सभा सदस्य ओलीले उक्त झोलुङगे पुलको उद्घाटन गरेकी हुन् । खारखोलीमा पुल नहुँदा यहाँका स्थानीयलाई आवतजावतमा समस्या रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को संघीय सरकारको ६५ लाख लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो । पुल निर्माण भएसंगै स्थानीयले खुशी व्यक्त गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य कोमल ओलीको प्रमुख आतिथ्यता एवं नेकपा एमाले दाङका उपाध्यक्ष हुकुम बस्नेतको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

पुल उद्घाटन गर्दै ओलीले पुल निर्माण भएसंगै शान्तिनगर र तुलसीपुरको पनि मन जोडिएको बताईन् । नेपालमा तीनतहको  सरकार आएसंगै धेरै विकास भएको बताईन् । अब पनि देशमा विकास चाहाने जनताहरुले आगामी चुनाबमा एमालेलाई फेरी जिताउनु पर्ने बताईन । उनले स्थानीयवासीहरुलाई आवत जावत गर्न समस्या भएपछि आफुले उक्त स्थानमा झोलुङ्गे पुल निर्माणकोलागि संघीय सरकारसंग पहल गरेर बजेट निकासा गरेको जानकारी दिईन् ।

साथै उनले कार्यक्रममा बोल्दै नेकपा एमाले पुल निर्माणको काम गर्ने पार्टी भएको दावी गरिन् । कार्यक्रममा एमालेका जिल्ला सचिवालय सदस्य बिनोद शर्मा, शान्तिनगर ईन्र्चाज बिष्णु केसी, जिल्ला युवा परिषदका अध्यक्ष शुरेश रावत लगायक स्थानीहरुको उपस्थिती थियो । कार्यक्रमको सहजीकरण खुम प्रसाद भण्डारीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया