दाङ
३-मंसिर/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तै देखिने झन्डै दुई किलो पहेँलो धातु बरामद भएको छ । बरामद भएको तरल अवस्थामा रहेको पहेँलो धातु सुन भएको अनुमान गरिएको र परीक्षणका लागि पठाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

शुक्रबार बिहान दुबईबाट आएका दाङका सीताराम चौधरी र सिरहाका सरोज सहानीको साथबाट प्रहरीले पहेँलो धातु बरामद गरेको हो । उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया

प्रतिकृया