घोराही
३-मंसिर/ घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा ५७ वटा नयाँ मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८र०७९ को पहिलो चौमासिकमा धेरै मुद्दा दर्ता हुनुले न्यायिक समिति प्रतिको भरोसा बढ्दै गएको देखिएको छ । ५७ वटा विवाद मध्ये ११ वटा फर्छ्यौट भएको छ भने ४६ वटा प्रकृयामा रहेका छन् ।

जसमा जग्गा रोक्का, खाता रोक्का सम्बन्धी मुद्दाहरु धेरै आउने गरेका छन् । न्यायिक समिति संयोजक सीता सिग्देल न्यौपानेले २३ वटा जग्गा तथा खाता रोक्का सम्बन्धी मुद्दा आएको जानकारी दिइन्। ती मध्ये पाँच वटा विवादको टुंगो लागेको छ । भने १८ वटा बाँकी रहेको बताइन्। पारिवारिक बेमेल, घरेलु हिंसा, श्रीमान श्रीमतीको एकआपसमा विवादका कारण जग्गा रोक्काका मुद्दा बढी देखिएको संयोजक सिग्देलले बताइन् । जग्गा रोक्का पछि जग्गा विवादको मुद्दा धेरै देखिएको छ ।

पहिलो चौमासिकमा ११ वटा जग्गा विवादा मुद्दा आएका छन् । ती मध्ये दुई वटा फर्छ्यौट भएका छन् भने ९ वटा बाँकी रहेका छन् । त्यस्तै लेनदेनका ६ वटा, घरेलु हिंसाका ६ वटा जसमा दुई वटा फर्छौट भएका छन्, भने चार वटा प्रकृयामा रहेका छन् । अन्य ११ वटा मुद्दा दर्ता भएका छन् । ती मध्ये दुई वटाको फर्छ्यौट भएका छन्, भने ८ वटा बाँकी रहेको न्यायिक समिति संयोजक न्यौपानेले बताक्ष्न् ।

प्रतिकृया

प्रतिकृया