घोराही
७-मंसिर/ १४ औँ महाधिवेशन अन्तरगत नेपाली कांग्रेस दाङले प्रतिनिधीसभा अन्तरगतको तीन निर्वाचन क्षेत्रमा चुुनावको आयोजना गरेको छ । अहिले दाङका तीन वटै निर्वाचन क्षेत्रमा क्षेत्रिय कार्यसमिति र केन्द्रिय महाधिबेशन प्रतिनिधी छनौटका लागि चुुनाब भैरहेको छ ।

क्षेत्र नम्बर १ को लमहीमा, २ को घोराही पार्टी कार्यालयमा र ३ को तुलसीपुरमा निर्वाचन भैरहेको नेपाली कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले जानकारी दिए । क्षेत्र नम्बर १ मा भेषराज पाण्डे र सर्वजित डिसी सभापतीमा भिडेका छन् ।

त्यसैगरी, क्षेत्र नम्बर २ मा भिमप्रकाश खड्का र चित्रबहादुर डाँगी निर्मल बिच प्रतिस्पर्धा हुदैछ भने निर्वाचन क्षेत्र नम्बर ३ मा जगतबहादुर खड्का, सुरेन्द्रबहादुर खड्का र किरण शाह बिच प्रतिस्पर्धा भएको छ । क्षेत्रिय कार्यसमितिमा ७ जना पदाधिकारी र १६ जना सदस्यहरु चुुनिने छन् ।

त्यसैगरी प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जनाका दरले दाङबाट ७५ जना केन्द्रिय महाधिबेशन प्रतिनिधी छनौट पनि चुुनाबबाटै हुुन लागेको छ । वडाहरुबाट चुुनिएर आएका क्षेत्रिय प्रतिनिधीहरु मतदाता रहेका छन् ।

प्रतिकृया

प्रतिकृया