घोराही
८-मंसिर/ नेपाली कांग्रेसले १४ औँ महाधिवेशन अन्तरगत दाङमा संघको तीन वटा निर्वाचन क्षेत्रमा चुनाव सम्पन्न गरेको छ । यसैक्रममा क्षेत्र नम्बर १ मा भेषराज पाण्डेले ४ सय २२ मत ल्याएर सभापतीमा निर्वाचित हुनुुभएको छ । पाण्डेका प्रतिद्वण्द्वी सर्वजित डिसीले २ सय ५७ मत ल्याएका थिए।

सचिवमा पाण्डे प्यानलका खेमलाल चौधरीले ४ सय २१ र हरिहर शर्मा ४ सय मत प्राप्त गरी निर्वाचित भएका छन् । सहसचिव पदमा गोबिन्दकुमार वलीले ४ सय ६३ र प्रकाशकुमार जिसीले ४ सय ८ मत प्राप्त गरी बवजयी भएका छन् । क्षेत्र नम्बर १ मा कुल ६ सय ९४ मतदाता मध्ये ६ सय ८५ जनाले मतदान गरेका थिए ।

त्यस्तै क्षेत्र नम्बर २ मा भिमप्रकास खड्काले ३ सय ६६ मत ल्याएर सभापतीमा निर्वाचित हुनुुभएको छ । उहाँका प्रतिद्धन्द्धी चित्रबहादुर डाँगी निर्मलले २ सय ६६ मत ल्याउनुुभएको थियो । सचिवमा खड्का प्यानलका हिमबहादुर डाँगी र डाँगी प्यानलका आरके सितलले समान ३ सय २१ मत प्राप्त गरि बिजयी हुुनुुभएको छ ।

त्यस्तै सहसचिवमा खड्का प्यानलका रमेशकुमार पाण्डेले ४ सय २ र रञ्जित श्रेष्ठ ३ सय ३९ मत प्राप्त गरि निर्वाचित भएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ मा कुल ६ सय ५१ जना मतदाता रहेकोमा ६ सय ४२ जनाले मतदान गरेका थिए ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ को सभापतिमा जगदबहादुर खड्काको जित निश्चित बनेको छ । साथै केही समयमा भित्र मत गणना सकिने पनि बुझिएको छ । अहिले भने मतगणना जारी छ ।

प्रतिकृया

प्रतिकृया