तुलसीपुर,
८-मंसिर/ महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बुधबार पशुपति मावि हरिपौरीमा विद्यार्थी मेला सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ को आयोजना तथा ओरेक दाङको सहकार्यमा विद्यार्थी मेला सम्पन्न भएको हो । बिद्यार्थी मेलामा सार्वजनिक स्थलहरुमा महिला तथा किशोरी माथी हुने हिंसाको बारेमा निवन्ध प्रतियोगिता, कविता, गित, नाँच प्रयोगिता, चित्रकला प्रतियोगिता आयोजना गरेको ओरेक दाङका संयोजक ईश्वरी थापाले जानकारी दिईन् ।

‘केसैले भाषण, कसैले बोलेर हिंसा सम्वन्धि कुरा व्यक्त गर्छन, त्यस कारण स्कुलका विद्यार्थीहरुले पनि आफुले बोल्न नसकेका कुरा चित्र, गितबाट व्यक्त गर्छन र त्यो कुरा उनका अभिभावक, शिक्षकहरु र सरोकारवालाहरुले कसरी सम्बोधन गर्ने भनेर विद्यार्थी मेला आयोजना गरेका हा’ै, थापाले भनिन् । उक्त प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९, १०, ११, १२ का ९ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष श्याम डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले महिला हिंसा रहित समाज निर्माणको लागि सबै लाग्नु पर्ने बताईन् । कार्यक्रमको बारेमा ईश्वरी थापाले जानकारी गराएकी थिईन् भने कार्यक्रमको सहजीकरण अनिल पहाडीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया