घोराही,
९-मंसिर/ नेपाली कांग्रेसले १४ औँ महाधिवेशन अन्तर्गत दाङमा संघको तीनवटा निर्वाचन क्षेत्रमा चुनाव सम्पन्न गरेको छ । यसैक्रममा क्षेत्र नम्बर १ मा भेषराज पाण्डेले ४ सय २२ मत ल्याएर सभापतीमा निर्वाचित भएका छन् । पाण्डेका प्रतिद्वन्द्वी सर्वजित डिसीले २ सय ५७ मत पाएका थिए । सचिवमा पाण्डे प्यानलका खेमलाल चौधरीले ४ सय २१ र हरिहर शर्मा ४ सय मत प्राप्त गरी निर्वाचित भएका छन् । सहसचिब पदमा गोबिन्दकुमार वलीले ४ सय ६३ र प्रकाशकुमार जिसीले ४ सय ८ मत प्राप्त गरी विजयी भएका छन् ।

क्षेत्र नम्बर १ मा कुल ६ सय ९४ मतदाता मध्ये ६ सय ८५ जनाले मतदान गरेका थिए । यता क्षेत्र नम्बर २ मा भिमप्रकास खड्काले ३ सय ६६ मत ल्याएर सभापतीमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी चित्रबहादुर डाँगी निर्मलले २ सय ६६ मत ल्याएका थिए । सचिवमा खड्का प्यानलका हिमबहादुर डाँगी र डाँगी प्यानलका आरके सितलले समान ३ सय २१ मत प्राप्त गरि विजयी भएका छन् । त्यस्तै सहसचिवमा खड्का प्यानलका रमेशकुमार पाण्डेले ४ सय २ र रञ्जित श्रेष्ठ ३ सय ३९ मत प्राप्त गरि निर्वाचित भएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ मा कुल ६ सय ५१ जना मतदाता रहेकोमा ६ सय ४२ जनाले मतदान गरेका थिए । यसैगरी क्षेत्र नम्वर ३ को सभापतिमा जगतबहादुर खड्का निर्वाचित भएका छन् ।

उनले ४३८ मत प्राप्त गरी विजयी हासील गरेको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिद्वन्द्वी सुरेन्द्रबहादुर खड्काले ३ सय ११ मत प्राप्त गरेका छन् । यस्तै एकल उम्मेदवार किरण शाहले ६८ मत प्राप्त गरेका छन् । यस्तै सचिव पदमा शोभाकर सापकोटाले ४ सय ६० र पूर्णबहादुर खत्रीले ४ सय १६ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनीहरुका प्रतिस्पर्धी रवि बुढाथोकीले ३ सय ३५ र भेषराज डाँगीले ३ सय ५ मत प्राप्त गरेका थिए ।

यसैगरी सहसचिव पदमा भिमकान्त भट्टराईले ४ सय ४८ र डेफुलाल चौधरीले ३ सय ३८ मत प्राप्त गरि निर्वाचित भएका छन् । उहाँहरुका प्रतिस्पर्धी भुपबहादुर केसीले ३ सय ७३ र तनुजसिंह वलिले २ सय ६४ मत प्राप्त गरेका थिए । निर्वाचन क्षेत्र नम्बर ३ मा कुल ८ सय ४७ मतदातामध्ये ८ सय ४४ जनाले मतदान गरेका थिए । यसैबीच तीनवटै निर्वाचन क्षेत्रबाट केन्द्रिय महाधिबेशन प्रतिनिधीहरु पनि छनौट भएका छन् ।

समावेशीताको आधारमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधीहरु छनौट भएका हुन् । महाधिवेशन प्रतिनिधीका लागि उम्मेद्वारी दिएका नेपाली कांग्रेस दाङका पूर्वसभापतीहरु विरकेश्वरी गौतम, मोहनलाल वली र घनश्याम रेग्मी पराजित भएका छन् । गौतमले २ सय २९, वलीले १ सय २ र रेग्मीले २ सय ३२ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । उता निर्वाचन क्षेत्र नम्बर १ मा खुुमबहादुर खड्काका छोरो अनुुराग खड्का केन्द्रिय महाधिवेशन प्रतिनिधीमा चुनिएका छन् । २८ बर्षीय अनुरागले दाङको निर्वाचन क्षेत्र नम्बर १ बाट खुल्ला प्रत्यक्ष तर्फबाट २१ प्रतिस्पर्धीमध्ये सबैभन्दा बढी ४ सय ९७ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।

प्रतिकृया

प्रतिकृया