निरला अर्याल,तुलसीपुर
१२-मंसिर/ कयौं समयदेखि सडकको पेटी, खुल्ला आकाशमुनि कष्टकर जीवन यापन गर्न बाध्य सकड आश्रित सहयोगापेक्षीहरुको लागि निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । स्वास्थ्य सेवालाइ मध्यनजर गरेर राष्ट्रिय मानव अधिकार प्रतिष्ठान शाखा कार्यालय तुलसीपुर दाङको आयोजना तथा राप्ती आँखा अस्पताल र पाल्पाली पोलिक्लिनीक प्रा.लिको प्राविधिक सहयोगमा  मानव सेवा आश्रममा आश्रित ३३ जना व्यक्तिहरुको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।

कष्टकर जिवन बिताइरहेका सहयोगापेक्षीलाइ स्वास्थ्य चेक जाँच अपरिहार्य भएको मानव अधिकार प्रतिष्ठान दाङका सभापती बिनोद कुमार श्रेष्ठले बताए । राप्ती आँखा अस्पतालको  दृृष्टि विशेषज्ञ ओम प्रकाश यादव नेतृत्वको टोलीले ३३ जनामा  गरिएको आँखा चेक जाँचमा ६ जनामा मोतियाविन्दुको समस्या देखिएको छ । उक्त व्यक्तिहरुको शल्यक्रिया गरेमात्र दृष्टिमा सहज हुने दृष्टि विशेषज्ञ ओम प्रकाश यादव बताए । आँखा चेकजाँच सगैं आश्रित व्यक्तिहरुको सुगर प्रेसर, तौल नाप पनि गरिएको थियो । आश्रममा रहेका व्यक्तिहरुका लागि प्रत्येक महिनाको एक पटक फिजीसियन डाक्टरहरुद्धारा स्वास्थ्य परीक्षाण गराउने प्रतिवद्धता समेत गरेको पाल्पालि पोलिक्लिनीक प्रालिका संचालक सुरज ज्ञवालीले बताए ।

डा. रंजित पाण्डेका अनुसार ३३ जनामा गरिएको स्वास्थ्य परीक्षणमा कसैलाइ पनि सुगर नदेखिएको र ४ जनालाइ ब्लड प्रेसर देखिएको छ । विशषज्ञ डाक्टरहरुको टोलीले गरेको स्वास्थ्य चेक जाँच गर्दा आफुलाई धेरै खुसी लागेको आश्रममा आश्रित गिता न्यौपानेले बताईन । यस्तै कहिले पनि आफनो शरिरको तौल, प्रेसर सुगर, आँखा चेक जाँच नगराएको नुमा भुषाल चेकजाँच पश्चात खुसी व्यक्त गरिन । आश्रममा बस्दै आएका १७ वर्षका टिकाराम बस्नेतल शरीरको हाउभाउले डाक्टरहरुलाइ धन्यवाद दिए  ।

विभिन्न कार्यक्रम  गरी धेरै जनाले अन्य सहयोग गरेता पनि स्वास्थ्यको सवालमा भने राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङ, राप्ती आँखा अस्पताल, पाल्पाली पोलिक्लिनीक प्रालिले धेरै उद्धार गरेको आश्रमका निर्देशक उर्विन सापकोटाले बताए । निःशुल्क स्वास्थ्य शिविरमा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङका सह सचिव सुवास डाँगी तथा दानविर दामोदर गुप्ताले खाद्यान्न तथा फलफुल वितरण पनि गरेका थिए । कार्यक्रममा समिक्षा रेग्मी, केशर डाँगी, लक्ष्मी भण्डारी, सावित्रा चौधरी लगाएतकाको टालीले प्राविधिक सहयोग गरेका थिए । भने कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव टेकन प्रसाद कडेँलले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया