शरद रेग्मी,तुलसीपुर
१४-मंसिर/ पुस महिनामा व्यवसायीक महोत्सवहरु सान्र्दभिक नभएको व्यवसायीहरुले बताएका छन । सोमबार तुलसीपुर उद्योग वाणिज्यसंघको आकस्मिक बैठकमा बोल्ने वक्ताहरुले जाडो सिजन सुरु भएकै महिनामा महोत्सव संचालन गर्दा आफुहरुको व्यवसाय धरापमा पर्ने बताएका हुन । महोत्सव लगाउदा जाडो सिजनका लागि ल्याएका सामानहरु ९ महिना सम्म गोदाममा थन्काउने अवस्था आउन सक्ने फेन्सी व्यवसायि उपसमितिका संयोजक रुपेश शर्माले बताए ।

कोभिडले थिलोथिलो पारेको बजार फेरि उठन समय लाग्ने भन्दै महोत्सवका पक्ष र विपक्ष बीच विभिन्न २४ वटा उपसमितिका पदाधिकारीहरुले बैठकमा आ-आफ्नो धारणा रेखेका थिए । फेन्सी लगायत अन्य व्यवसायको सिजन सुरु हुने हुदा माघ पछि नै महोत्सव संचालन गर्नुपर्ने उनिहरुले सुझाब छ । तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा बसेको बैठकमा निवर्तमान अध्यक्ष बिरबहादुर रावत, पुर्व अध्यक्ष बिमल रिजाल, सल्लाहकारहरु अनुपकुमार श्रेष्ठ ,मिनराज वली ,बिभिन्न उपसमितिका पदाधिकारीहरु नरेशराज भण्डारी, तिर्थ डाँगी ,हरि कडेल, केशबराज सापकोटा, होताराम आचार्य ,दामोदर गुप्ता, मिनराज भण्डारी, ललितजग शाह, रुपबहादुर खत्री ,देबबहादुर केसी लगायतकाले बोलेका थिए ।

त्यसैगरि सामाजिक उत्तरदायित्व बहन गर्न पबित्र उदेश्यका साथ संस्थाको उदेश्य अनुसार ब्यापारीक महोत्सव ब्यबसायिक सस्थाहरुले मात्रै लगाउनुपर्ने माग व्यवसायिहरुले राखेका छन । यसअघि तुलसीपुर उद्योग वाणिज्यसंघ र तुलसीपुर उपमहानगरपालिका बिच मेला महोत्सव सन्चालन सम्बन्धि कार्यबिधि तयार गरिएको थियो तर त्यसको सम्झौता तीन वर्षसम्म पनि हुन सकेको छैन । वासणज्यसंघले यसअघिनै माघको दोस्रो साता तुलसीपुरमा व्यवसायिक महोत्सव संचालन गर्ने निर्णय गरिसकेको महासचिब बिनिल केसीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया