दाङ,
१६-मंसिर/ नेपालमा पहिलोपटक कोभिडविरुद्धको मोडर्ना खोप आउने भएको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने पक्का भएको हो । महाशाखाका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत उक्त खोप आउने भएको हो ।

मोडर्ना खोप कसलाई लगाउने भन्ने विषयमा भने अझै टुंगो लागिसकेको छैन । खोप १२ देखि १८ वर्ष उमेरका किशोरकिशोरीलाई लगाउन सुझाव दिइएको छ । यो खोप माइनस १५ देखि २५ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्छ ।

प्रतिकृया

प्रतिकृया