काठमाडौं,
२१ मंसिर/ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरू एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा कानुन व्यवसायीहरू बालकोट पुगेको बार महासचिव लिलामणि पौडेलले जानकारी दिए ।

यसअघि यो टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा छलफल गरेको थियो । बारको टोलीले एमाले अध्यक्ष ओलीलाई न्यायालय सुधारका लागि प्रधानन्यायाधीशमाथि महाअभियोग प्रक्रिया अघि बढाउन आग्रह गर्ने बुझिएको छ ।

यसअघि बारका पदाधिकारीले एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।पूर्वप्रधानमन्त्री ओलीले भने प्रधानन्यायाधीश जबरासँगै संसद विघटन बदर गरेर देउवा सरकार गठनका लागि परमादेश दिने पाँचै जना न्यायाधीशको पनि बहिर्गमन हुनुपर्ने बताउँदै आएका छन् । स्रोत: शिलापत्र

प्रतिकृया

प्रतिकृया