काठमाडौं
२२ मंसिर/ भारतीय सेना प्रमुख (चिफ अफ डिफेन्स स्टाफ– सीडीएस) जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ। भारतीय वायु सेनाले रावतसहित १३ जनाको मृत्यु भएको जानकारी दिएको छ।

भारतीय वायु सेनाले जनरल रावत तथा उनकी पत्नी मधुलिका रावत र अन्य ११ जनाको दुर्घटनामा मृत्यु भएको जानकारी दिएको छ। जनरल रावत, उनकी पत्नी, अरु उच्च सैनिक अधिकारी र रावतको सचिवालयका कर्मचारीहरु सवार हेलिकोप्टर बुधबार दिउँसो तामिलनाडु राज्यको कुन्नुरनजिक घना जंगलको बीचमा दुर्घनामा परेको थियो। भारतीय वायु सेनाको एमआई–१७ बी ५ हेलिकोप्टर दुर्घटनामा परेको हो।

प्रतिकृया

प्रतिकृया