प्रिया स्मृती गजमेर, लमही
१६-पुस/ दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सरकारी कार्यालयहरुको अनुगमनलाई तिब्रता दिएका छन् । सरकारी कार्यालयबाट सेवाग्राहीले सहज, सरल र छिटो सुविधा पाउछन् कि पाउदैनन् भनेर ति कार्यालयहरुको अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

शुक्रबार इलाका प्रशासन कार्यालय लमही आएको समयमा प्रमुख जिल्ला अधिकारी रेग्मीले लमहीस्थित मालपोत कार्यालय पुगेर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका थिए । मालपोत कार्यालय लमहीका प्रमुख मान बहादुर कुँवरसंग सेवा लिन आउने सेवाग्राहीलाई मित्रवत व्यवहार गर्दै सेवा प्रदान गर्न निर्देशन दिए । साथै प्रजिअ रेग्मीले कानून व्यवसायीहरुले सेवाग्राहीसंग काम गरे बापत लिने शुल्कमा नेपाल सरकारका तर्फबाट आफ्नो उपस्थितिमा स्थानीय जनप्रतिनिधि, कानून व्यवसायी, कर्मचारी बसेर रेट निर्धारण गर्नु पर्ने बताएका छन् ।

लमही मालपोत कार्यालयको सबै फाँटमा पुगेर कर्मचारीसंग कार्य सम्पादनमा केहि समस्या छ कि छैन, सेवाग्राहीलाई सेवा दिंदा कसरी प्रस्तुत हुनुहुन्छ भन्दै प्रश्न गरेका थिए । कर्मचारीहरुलाई जनताको सेवा गर्दै आफ्नो कार्यकौशलता देखाउन समेत निर्देशन दिएका छन् ।

त्यस्तै जिल्लाभरिका सबै सरकारी कार्यालयहरुले जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नु पर्छ भन्ने छाप बसाल्नु पर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाई छ ।

प्रतिकृया

प्रतिकृया