रोल्पा
२२-पुस/ नेकपा (एमाले) रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातका कारण निधन भएको छ । जिल्ला अधिवेशन तयारीका लागि खटिएको बेला हृदयघातका कारण उनको निधन भएको नेकपा एमाले रोल्पाले जनाएको छ ।

नेकपा एमाले रोल्पाका अध्यक्ष बालाराम बुढाले गएराति पौने नौ बजे नुवागाउँ अस्पतालमा रोकाको निधन भएको जानकारी दिए । रोका रोल्पाको त्रिवेणी गाउँपालिका-२ निवासी हुन् । उनी यही २३ गते हुन लागेको जिल्ला अधिवेशनको तयारीका काममा खटिएका थिए ।

रोकाको निधन भएपछि रोल्पा जिल्ला अधिवेशन स्थगित गरिएको एमाले रोल्पाले जनाएको छ।

प्रतिकृया

प्रतिकृया