घोराही
२३-पुस/ नेकपा एमाले दाङको १३ औँ जिल्ला अधिबेशन शुक्रबारबाट सुुरुभएको छ । दाङ सहित ६२ जिल्ला अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुुअल माध्यमबाट गर्नुभएको छ । घोराहीको बहुुउदेश्यीय सभागृहमा अधिवेशनको आयोजना गरिएको छ ।

अधिबेशनले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र अन्य सदस्य निर्वाचित गर्ने छ । अधिवेशनबाट १ सय २१ जना निर्वाचित हुने र १० मनोनित गरेर १ सय ३१ सदस्यीय जिल्ला कार्य समिति हुने एमाले दाङले जनाएको छ । अधिवेशनका लागि पार्टीका उपाध्यक्ष युुवराज ज्ञवाली सहित पोलिटव्यूरो सदस्य, केन्द्रिय सदस्य लगाएतका नेताहरुको उपस्थिती रहेको छ । अधिवेशनमा जिल्लाभरबाट १ हजार ४ सय ३७ जना सहभागि भएको एमाले दाङले जनाएको छ ।

यसैबिच नेकपा एमालेले आज ६१ जिल्लामा अधिवेशनको आयोजना गरेको छ । १६ जिल्लामा भने प्रतिकूल मौसम र आन्तरिक तयारी नपुगेको भन्दै अधिवेशन रोकिएको छ । रोल्पामा जिल्ला सचिव निमप्रसाद रोकाको निधन भएकाले अधिवेशन स्थगित भएको छ । जिल्ला तहमा पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न केन्द्रले निर्देशन दिएको छ ।

जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ । एमालेको प्रदेश अधिवेशन भने माघ ८ गतेका लागि तोकिएको छ ।

प्रतिकृया

प्रतिकृया