घोराही
२५-पुस/ भूमिहीन सुुकुुम्बासीलाई जग्गा उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग र दाङका ५ वटा स्थानिय तहबिच कार्य सहमती पत्रमा हस्ताक्षर भएको छ । आयोगले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शसी श्रेष्ठको उपस्थितीमा काठमाडौमा एक कार्यक्रमका बिच दाङका घोराही उपमहानगरपालिका, तुलसीपुुर उपमहानगरपालिका, लमही नगरपालिका, दंगिशरण गाउँपालिका र बबई गाउँपालिकाबिच कार्य सहमती पत्रमा हस्ताक्षर भएको हो ।

आयोगका तर्फबाट अध्यक्ष केशव निरौला र स्थानीय तहका तर्फबाट प्रमुखहरुले उक्त पत्रमा हस्ताक्षर गरेका छन् । घोराहीका नगरप्रमुख नरुलाल चौधरी, तुलसीपुरका घनश्याम पाण्डे, दंगीशरणका अध्यक्ष भागीराम चौधरी, बबईका अध्यक्ष भुुबनेश्वर पौडेल र लमहीका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र डाँगीले पत्रमा हस्ताक्षर गरेका हुन् । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगले जिल्लामा कार्य सञ्चालन समिति गठन गरी भुमिहिन, सुुकुुम्बासी र अव्यवस्थित बसोबासीको लगत लिएका थिए ।

कतिपय स्थानिय तहहरुले जग्गा समेत नापेर लालपूर्जा दिन मात्रै बाँकी रहेको बताएका छन् । सोमबारदेखि सफ्टवेयर खुुल्ने र एक बर्ष भित्र जग्गा बितरण र व्यवस्थान सक्ने आयोगले जनाएको छ ।
कार्य सहमती पत्रमा जग्गाको पहिचान तथा छनौट गर्ने र सम्बन्धित नापी कार्यालय मार्फत जग्गाको नाप नक्सा गर्ने उल्लेख छ । भूमिहिन सुुकुुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बासोबासीलाई व्यवस्थापन गर्ने काम अब द्रुतगतिमा अघि बढ्ने घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए ।

आयोगसँग कार्य अघि बढाउन भएको सहमतिले अब कर्मचारी परिचालन गरेर जग्गा वितरणसँगै व्यवस्थापनको काम हुने उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया