घोराही,
२८ पुस/ घोराही उपमहानगरपालिकाले आगामी माघ पहिलो हप्ता देखी भूमिहिन दलित, भूमिहिन सुुकुुम्बासी र अव्यवस्थित बसोबासीहरुका लागि जग्गा नाप र नक्सांकन गर्ने निर्णय गरेको छ ।

आज बसेको १ सय १७ औँ कार्यपालिका बैठकले यही पुुस २४ गते राष्ट्रिय भूमि आयोग र घोराही उपमहानगरपालिका विच काठमाडौमा भएको कार्य सहमती सम्झौता अनुसार माघ पहिलो साता देखि काम थाल्ने निर्णय गरेको हो ।

जग्गा नापजाँच र नक्सांकनका लागि प्राविधिक टोली खटाउने समेत निर्णय भएको प्रबक्ता भरतमणी अर्यालले जानकारी दिएका छन।

अहिले सम्म नगरमा १६ हजार १ सय ६४ वटा निबेदन दर्ता भएका छन् । यसैविच आजको कार्यपालिका बैठकमा उक्त निर्णय गर्दा ११ वटा वडाका वडा अध्यक्षहरु भने अनुपस्थित भएका छन् ।

वडा नम्बर ३, ४, ५, ६, ८, १०, १२, १४, १५, १६ १७ का वडा अध्यक्षहरु र कार्यपालिका सदस्य डिल्ली नेपाली अनुुपस्थित रहेको प्रबक्ता अर्यालले जानकारी दिएका छन । ति अध्यक्ष र कार्यपालिका सदस्यहरुले नगरसभा पुनः बोलाउनुु पर्ने माग गर्दै बैठक बहिस्कार गरेको बुुझिएको छ ।

प्रतिकृया

प्रतिकृया