दाङ,
२८-पुस/ दाङमा कोरोना भाईरस बिरुद्ध तयारी अबस्थामा जुटेको जिल्ला कोरोना संकट ब्यबस्थापन समितिले जनाएको छ । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आयोजना गरेको बढदो कोरोना संक्रमण नियन्त्रण र गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहँचु बिषयक कार्यक्रममा सम्बोधन गर्दै दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले अक्सीजन प्लान्ट,आईसीयु लगायतको तयारी अबस्थामा रहेको बताए । तर होल्डीङ सेन्टरमा भने कमी रहेको बताए ।

त्यसका लागि अब तिब्रताका साथ लाग्नुपर्ने बताए । उनले भने ,स्वयमसेवी रुपमा समुदायका हरेक नागरिकले कोरोना बिरुद्धका क्रियाकलपा अगाडी बढाउनुपर्छ । भीड,भौतिक दुरी र भेन्टीलेरलाई बिशेष ध्यान दिनुपर्ने बताउदै भोलेन्टीयर र भ्याक्सीन गरि ५ वटा “भ” मा जोड दिनुपर्ने बताए । जिल्ला संकट ब्यबस्थापन समितिका सदस्य एव जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले सरकारले जारि गरेको निर्देशनलाई सबैले पालना गर्नुपर्ने बताए । गाडी मोटरमा भिड र मास्क बिना यात्रा गराउन नहुने बताए । उनले भने, भिडभाड नियन्त्रण र मास्कको अनिवार्य प्रयोग गरिनुपर्छ ।

मानव अधिकार तथा शान्ति समाज केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले स्थायी रुपमा होल्डीङ सेन्टर,१८ बर्ष मुनिका र ७५ बर्ष माथि उमेरका ब्यक्तिलाई खोप र कोरोना टेष्टलाई ब्यापक बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागि जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि डम्वर बहादुर कुवर र राप्ती प्रादेशिक अस्पताल कोरोना फोकल पर्सन द्रोण वलीले अक्सीजन पाईपको ब्यबस्था तत्काल उपलब्ध गराउनुपर्ने बताए । हालको अबस्थामा अक्सीजनको मात्रको तयारी ठिक रहेको उनले भने ।

तुलसीपुर उपमहानगरपालिका बिपत्त समितिका संयोजक नवराज लामिछानेले तुलसीपुर उपमहानगरपालिकाले कोभिड जाँच,अक्सीजनको ब्यबस्थापन,खोपको ब्यबस्थापनलाई बिशेष ध्यान दिईरहेको बताए । सो अवसरमा सामाजिक अभियान्ता बिमल रिजाल,तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब बिनील केसी,तुलसीपुर चेम्वर अफ कमर्शका सचिब ऋषि भण्डारी,शान्ति समाजका पूर्ब सभापति शरद रेग्मी लगायतले सम्बोधन गरेका थिए । शाखा सभापति तुलसीराम सुनारको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण कोषाध्यक्ष कोमल डिसीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया