तुलसीपुर,
११-माघ/ तुलसीपुरमा सोमबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार ११९ जनामा गरिएको परिक्षणमा ३६ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिए । उनका अनुसार हालसम्म तुलसीपुरमा १६ सय ५१ जनाको कोरोना परिक्षण गरिएकोमा ५७५ जनामा कोरोना पुष्टि भएको हो ।

तुलसीपुरमा अहिले ३२२ जना संक्रिय संक्रमित छन् । ति मध्ये ३१८ जना होम क्वारेनटाईनमा र ४ जना अस्पतालमा छन् । तुलसीपुरमा हालसम्म १ लाख १३ हजार ४० जनाले र दोस्रो मात्राको खोप ९५ हजार २७७ जनाले लगाएका छन् । सोमबार मात्रै तुलसीपुरमा पहिलो मात्राको खोप ५२५ र दोस्रो मात्राको खोप ४८१ जनाले लगाएका छन् ।

प्रतिकृया

प्रतिकृया