तुलसीपुर,
११-माघ/ तुलसीपुर क्षेत्रमा केही दिनदेखि धमिलो पानी आउने गएको छ । धारामा धमिलो पानी आएका कारण कतीपय उपभोक्ताहरु जारको पानी किनेर खान वाध्य भएका छन् । तुलसीपुरमै कुनै स्थानमा धमिलो र कुनै स्थानमा सङगो पानी आउने गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवा गाउँकी सरिता बिष्टले गएको आईतबारदेखि धारामा धमिलो पानी आएको बताईन् । दैनिक रुपमा धमिलो पानी आउन थालेपछि पिउने पानीको समस्या उत्पन्न भएको उनको भनाई छ । कोरोना महामारीको समयमा धमिलो पानी आउँनाले उपभोक्ताको स्वास्थ्यमा अझधेरै समस्य उत्पन्न हुने सक्ने उनको भनाई छ ।

कोरोना भएमा रुघाखोकी लाग्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्छ भन्छन्’–बिष्टले भनिन् यसरी धमिलो पानी खाएपछि हामीलाई पनी रुघाखोकी झाडा पखाला जस्ता विभिन्न रोग लाग्न सक्ने खतरा बढेको छ’ । बिष्टले बरुवा गाउँ क्षेत्रमा सबैको धारामा केही दिन देखि धमिलो पानी आईरहेको बताउँदै यसमा संवन्धित निकाएले ध्यान दिनु पर्ने बताईन् । कतै धारामा धमिलो पानी आएर उपधोक्ता समस्या भएको छ भने कतै पानी नै नआएर उपभोक्ता मारमा परेका छन् । तुलसीपुरकी रेखा वलीले धारामा आउने पानी पिउनको लागि पनि नपुग्ने गरेको बताईन् । दैनिक पाँच देखि दश मिनेट मात्रै धारामा पानी आउने गरेको भएपनि अहिले भने तीन दिनको अवधिमा त्यही पानी पनि नआएको बताईन् ।  खाने पानी समेत नपुगे पछि अहिले ट्याङकरबाट पानी मगाएर प्रयोग गरेको उनको भनाई छ । उता तुलसीपुर स्याउली बजारकी आशा केसीले भने आफ्नो क्षेत्रमा सफा पानी आएको जानकारी दिईन् ।

यता तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीले झरणा र मुलको पानी मिसाएर उपभोक्ताहरुलाई पानी वितरण गरिरहेको समयमा वर्षा र राप्ती राजमार्गमा बाटो निर्माणको काम भई रहेकाले मुहानमा माथीबाट माटोहरु झर्ने हुँदा पानी धमिलो भएको बताए । एउटै मुहानको पानीले उपभोक्ताहरुलाई नपुग्ने भएकाले कुनै मुहानको पानी सफा त कुनै मुहानको पानी धमिलो आएको उनले बताए । तर पानी धमिलो भएपनि दुई/तीनवटा टंकीबाट फिल्टर भएर आउने भएकाले पानी धमिलो देखिए पनि फिल्टर गरेर पिउँदा कुनै असर नपर्ने बताए । दुईचार दिन धमिलो आएपनि केही दिनमै यो समस्या पनि समाधान हुने बताए । अहिले नयाँ मुहानहरुको खोजी गर्ने कामहरु भईरहेकाले जहाँ पानीको समस्य हुन्छ त्यहाँ बोडिङ खनेर पाईप लाईनबाट पानी पु¥याउने काम भईरहेको भण्डारीले बताए ।

प्रतिकृया

प्रतिकृया